तनहुँ-१ उपनिर्वाचन : तयारी पुरा, अत्यावश्यक बाहेकका सवारी साधान बन्द, मतगणना स्थलमा तारजालीको बार र सिसिटिभीबाट निग्रानी
भञ्ज्याङ न्यूज
तनहुँ निर्वाचन क्षेत्र नं. १ मा वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आवश्यक तयारी पुरा गरिएको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ १ मा उपनिर्वाचन गर्न लागिएको हो । राष्ट्रिय राजनीतिलाई नै तरङ्गित हुने गरी निकै चासो र चर्चाको विषय बनेको तनहुँ-१ को उपनिर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सामाग्रि सहित कर्मचारी तथा सुरक्षाकर्मीहरु मतदान केन्द्रमा पुगेका छन्।
जिल्ला निर्वाचन कार्यालय तनहुँले मतदान केन्द्रलाई आवश्यक पर्ने सबै सामग्री बुझाएको छ । कार्यालयबाट आवश्यक सामग्री र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बुझेर कर्मचारीहरु आ-आफ्नो मतदान केन्द्रमा पुगिसकेको निर्वाचन कार्यालयका प्रमुख हर्रि्रसाद ढकालले बताए ।
प्रत्येक मतदान केन्द्रमा ६१ प्रकारका सामग्री पठाइएको छ । निर्वाचन सामग्री बुझेपछि सुरक्षा निकायको निगरानीमा कर्मचारीहरुलाई सम्बन्धित मतदान केन्द्रसम्म पुर्याएको छ । २ नगरपालिका र ३ गाउँपालिका रहेको तनहुँ क्षेत्र नम्बर १ मा ६९ मतदान स्थल, १५२ मतदान केन्द्रका लागि ७६० जना कर्मचारी खट्टएिको उनले बताए । मतदान केन्द्रमा पुगेका कर्मचारीहरुले सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माण लगायत काम अगाडि बढाएका छन् ।
तनहुँ क्षेत्र नं. १ को उपनिर्वाचनका लागि विसं २०८० वैशाख ९ गतेसम्म १८ वर्ष पूरा हुने १ लाख २३ हजार ३०५ जना मतदाता कायम रहेका छन् । यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वटा वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका र भानु नगरपालिका पर्दछन् ।
यस्तै, भयरहित र शान्तिपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले बताए । निर्वाचनका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेना रहने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ रिजालले बताए ।
उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन् । १३ वटा वडा रहेको नगरपालिकामा ४० हजार ८४४ मतदाता रहेकामा २१ मतदानस्थल र ५० मतदान केन्द्र कायम गरिएको छ । देवघाट गाउँपालिकामा कम मतदाता रहेका छन् । पाँच वडा रहेको गाउँपालिकामा १२ हजार ७१२ मतदाताका लागि ८ मतदानस्थल र १५ मतदान केन्द्र कायम गरिएको छ ।

यस्तै आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडामा कायम गरिएको ९ मतदानस्थल र १७ मतदान केन्द्रमा १३ हजार ६२२ मतदाता रहेका छन् । बन्दिपुर गाउँपालिकाका ६ वटा वडामा १५ हजार ६७८ मतदाताका लागि ११ मतदानस्थल र २२ मतदान केन्द्र कायम गरिएको छ । व्यास नगरपालिकाका वडा नं. ५ र ६ बाहेकका १२ वटा वडामा ४० हजार ४४९ मतदाताका लागि २० मतदानस्थल र ४८ मतदान केन्द्र कायम गरिएको छ ।
वैशाख १० गतेका दिन पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चलाइने भएको छ । मुख्य राजमार्गको रुपमा रहेको उक्त खण्डअर्न्तर्गत मुग्लिनदेखि चापाघाटसम्म प्रहरी स्कर्टिङमा सवारी साधन सञ्चालनको व्यवस्था मिलाउन लागिएको प्रजिअ रिजालले बताए ।
‘सो दिन उपनिर्वाचन हुने क्षेत्रअर्न्तर्गतका ठाउँमा भने यात्रु र्झन वा चढ्न पाउने छैनन्’, प्रजिअ रिजालले भने, ‘मुग्लिनबाट पोखरातर्फजान आउने सवारीसाधन वा चापाघाटतर्फमुग्लिनतर्फजाने सवारी साधनलाई डेढ/डेड घण्टाको फरकमा स्कर्टिङ गरिने छ ।’
उपनिर्वाचनका दिन आइतबार तनहुँ क्षेत्र नं १ अन्तर्गतका पाँच स्थानीय तहका भित्री सडक भने पूर्णरुपमा बन्द हुनेछ । ‘अत्यावश्यक काम नपरी उक्त दिन यात्रा नगर्न सबैलाई आग्रह गर्दछु, काम परे वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ’, उनले भने, ‘मुख्य राजमार्गमा प्रहरी स्कर्टिङ हुने भएकाले बीचमा चढ्ने वा र्झन पाइँदैन । निर्वाचनको संवेदनशीलतामा ध्यानमा राखेर यात्रा गर्ने यात्रुहरु तनहुँ क्षेत्र नं १ अर्न्तर्गतका व्यास, आँबुखैरेनी, भानु, बन्दिपुर र देवघाट क्षेत्रमा र्झन पाउँदैनन् ।’
उपनिर्वाचनका दिन अत्यावश्यक सेवाअर्न्तर्गतका एम्बुलेन्स, दूध बोक्ने ट्याङ्कर, फोहर बोक्ने सवारी साधन, स्वास्थ्य संस्थाका सवारी साधनलाई भने निर्वाधरुपमा सञ्चालन गर्न दिइनेछ ।
निर्वाचनलाई भयरहित, निष्पक्ष र मर्यादित बनाउन सुरक्षा प्रबन्ध मजबुद बनाइएको प्रजिअ रिजालले जानकारी दिए । मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य रुपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचनका दिन पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाको सुरक्षा रहनेछ । प्रजिअ रिजालले भने, ‘उपनिर्वाचनका दिन हावाहुरी र पानी परेको खण्डमा मतपत्र र मतपेटिका सुरक्षाका लागि आवश्यक सबै व्यवस्थापन मिलाइएको छ ।’
मतगणनास्थलमा सिसिटिभी जडान
यस्तै, मतगणनास्थल निर्माण सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको भवनमा मतगणनास्थल निर्माण गरेको हो। मतगणनालाई निष्पक्ष र विश्वसनीय बनाउन मतगणनास्थलमा सिसिटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार दुइवटा कोठामा मतगणना गरिनेछ । मतगणनास्थल निर्माणका लागि आवश्यक तारजालीको व्यवस्था गरिसकिएको छ ।
“तारजालीसहित मतगणनास्थल तयार गर्दैछौं, दुवै कोठामा सिसिटिभी जडान भइसक्यो । शुक्रबार बेलुकासम्म तारजाली बारेर गणनास्थल तयार हुन्छ”, उनले भने, ‘निर्वाचन आयोगले दिएको निर्देशनबमोजिम सुरक्षित रुपमा मतगणनास्थलका लागि गणनास्थल तयार पारिने छ । सबैलाई चित्तबुझ्दो गर्ने गरी भरपर्दो, सुरक्षित बनाउन आयोगले दिएको निर्देशनबमोजिम मतगणनास्थल बनाउँछौ ।”
आइतबार मतदान सकिएपछि सुरक्षितरुपमा सबै मतदान केन्द्रबाट मतपेटिका दमौली ल्याइनेछ । मतपेटिका ल्याइसकेपछि राजनीतिक दलसँगको र्सवदलीय बैठकपश्चात् मतगणनाको काम सुरु गरिनेछ । तनहुँ क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् ।
प्रतिमतदान केन्द्रमा ६१ प्रकारका सामग्री पठाइएको छ मतदान केन्द्रमा पुगेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माण लगायतका काम हुनेछन्। उपनिर्वाचनका लागि ७६० कर्मचारी परिचालन गरिएको छ ।










