प्रतिनिधिसभा सदस्यका लागि तनहुँ-१ बाट १६ र तनहुँ-२ बाट ११ जनाले उम्मेदवारी दर्ता गराए

भञ्ज्याङ समाचारदाता/तनहुँ

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता गरिएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि तनहुँका दुइ वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयनपत्र दर्ता गरेका छन् ।

तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि १६ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् । दमौली स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार प्रतिनिधिसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टीबाट रामकृष्ण त्वायना, स्वतन्त्रबाट गोविन्दराज जोशी, स्वतन्त्रबाट पृथ्वी नारायण श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट पासाङ थापा मगर, स्वतन्त्रबाट रामचन्द्र कार्की, राष्ट्रिय जनमुक्ति पार्टीबाट हस्त बहादुर किचिम थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कृष्णप्रसाद पौडेल, स्वतन्त्रबाट विश्व नाथा बास्तोला, नेकपा एमालेबाट एक बहादुर राना मगर, नेपाली कांग्रेसबाट रामचन्द्र पौडृल, रापिट्रय प्रजातन्त्र पार्टीबाट विनोद कुमार घर्ती, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेम बहादुर थापा, हाम्रो नेपाली पार्टीबाट प्रविन पौडेल, नेश्नलिष्ट पिपल्स पार्टीबाट ताज महमत मिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास सिग्देल र स्वतन्त्रबाट बेलबहादुर दरैले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नं. १ को (क) मा १२ जनाले उम्मेदवार मनोनयनपत्र दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हरिराज जोशी स्वतन्त्र, नगेन्द्र पौडेल स्वतन्त्र, अर्जुन गुरुङ जनता समाजवादी पार्टी नेपाल, विजय कुमार शाही राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, विवेक न्यौपाने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, १ (क) मै नेकपा एमालेबाट रामबहादुर गुरुङ, नेपाली कांग्रेसबाट अशोक कुमार श्रेष्ठ, राष्ट्रिय जनमुक्तिपार्टीबाट भुवन सिंह थापा, स्वतन्त्र राम बहादुर थापा, मंगोल नेशनल अर्गनाइजेशनबाट भिम बहादुर लामा, नेपाल कम्यूनिष्ट पार्टइ (एकिकृत समाजवादी)बाट विद्या नाथ ढकाल र मैलिक जरोकिलो पार्टीबाट विजय कुमार श्रेष्ठ भन्ने बाबुराम आलेले उम्मेदवारी दर्ता गराएका छन् ।

तनहुँ १ (ख) मा ७ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टी नेपालबाट किसान भुजेल, राष्ट्रिय जनमुक्ति पार्टीबाट खेम बहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजु गोतामे, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) (एकल चुनाव चिन्ह)बाट हरि बहादुर चुमान, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पूर्ण बहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट कलिला खातुन र मंगोल नेशनल अर्गनाइजेसनबाट रन बहादुर खवासले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

यस्तै, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि ११ जनाको उम्मेद्वारी परेको छ । प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसबाट शंकर भण्डारी, नेकपा एमालेबाट किरण गुरुङ, राप्रपाबाट नरेन्द्र प्रताप महत, राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर सार्की, हाम्रो नेपाली पार्टीबाट बिष्णु पराजुली, नेपाल मजदुर किसान संगठनबाट रामहरि गोरा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय जोशी, नेपाली कांग्रेस (वि.वि)बाट पुष्पराज पराजुली, मंगोल नेस्नलबाट प्रविना थापा मगर, राप्रपा नेपालबाट नारायण प्रसाद खनाल र जनसमाजवादी पार्टीबाट खड्कबहादुर विकले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् ।

क्षेत्र नं. २ को प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रबाट राजेन्द्र केशरी न्यौपाने, क्षेत्र नम्बर ‘ख’ मा नेपाली कंग्रेसबाट जितप्रकाश आलेले उम्मेद्वारी दर्ता गराएका छन् । यसैगरी नेकपा एमालेबाट ‘क’ मा श्यामराजा महत, ‘ख’ मा केदार सिग्देलले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा सदस्यको ‘क’ मा मौलीक जिरो किलो पार्टीबाट टोलराज वाग्ले, राष्ट्रिय जनमुक्ति पार्टीबाट नेत्रबहादुर थापा, राप्रपाबाट रेशमराज अधिकारी, नेपाली कांग्रेस (विपि)बाट शेषरमण न्यौपाने, मंगोलनेस्नलबाट नमबहादुर राना, स्वतन्त्र रुपमा प्रेमकुमार परियार, एकिकृत समाजवादीबाट दुर्गाकुमार श्रेष्ठ र जनता समाजवादी पार्टीबाट रामबहादुर विकले उम्मेद्वारी दिएका छन् ।

यस्तै, प्रदेशसभा सदस्य ‘ख’ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट धनबहादुर गुरुङ, राप्रपाबाट श्यामकला राइ, मंगोल नेस्नलबाट सुमन थापा, जसपाबाट पूर्णबहादुर गुरुङ र एकिकृत समाजवादीबाट प्रतापलाल श्रेष्ठले उम्मेद्वारी दिएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker