अन्तर्राष्ट्रिय सहकार्य बढाउँदै गण्डकी विश्वविद्यालय

भञ्ज्याङ समाचारदाता/गण्डकी

स्थापनाको छोटो समयमा नै गण्डकी विश्वविद्यालयले विश्वका विभिन्न प्राज्ञिक संस्थासँग सम्बन्ध विस्तार गरेको छ । विश्वविद्यालयले विश्वव्यापी साझेदारीलाई बढावा दिन विश्वभरका २८ प्रतिष्ठित विश्वविद्यालय र संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
विभिन्न १२ देशका सम्मानित संस्थाहरूसँग सहकार्य गरी विभिन्न परियोजनाहरू र शैक्षिक कार्यक्रमहरूको विकास गर्ने प्रतिबद्धता विश्वविद्यालयले गरेको विश्वविद्यालयका रजिष्ट्रार डा.कैलाश तिमिल्सिनाले राससलाई जानकारी दिनुभयो ।
अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटी, युनिभर्सिटी अफ सेन्ट्रल मिसौरी, र विलियम एण्ड मेरी तथा बेलायतको रोयल होलोवे, युनिभर्सिटीअफ लन्डनका साथै कोरियाको इन्हा विश्वविद्यालय र येउङ्नाम विश्वविद्यालयलगायत विश्वप्रख्यात विश्वविद्यालयहरूसँग यसबीचमा साझेदारी गरिसकिएको उहाँले बताउनुभयो ।
टर्कीको ओन्डोकुज मेइस विश्वविद्यालय, फिलिपिन्सको सेन्ट्रल लुजोन स्टेट युनिभर्सिटी, थाइल्याण्डको माथेरथ विश्वविद्यालय र भारतको दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालयसँग सम्झौता गरिएको उहाँले बताउनुभयो ।
गण्डकी विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्य थप फराकिलो हुदै गएको बताउँदै उहाँले अनुसन्धान, पाठ्यक्रम विकास, विद्यार्थी आदानप्रदान कार्यक्रमहरू र क्रेडिट ट्रान्सफर जस्ता विषय सम्झौतामा संलग्न रहेको बताउनुभयो ।
गण्डकी विश्वविद्यालय, विआइटी कार्यक्रमको पाठ्यक्रम र युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीको आइटी कार्यक्रमका पाठ्यक्रमहरू एक अर्कासँग समायोजन गरि क्रेडिट ट्रान्सफर गर्न सकिने सम्झौता गरिएको छ । अमेरिकी विश्वविद्यालयहरूसँगको सम्झौताले गण्डकी विश्वविद्यालयबाट उत्तीर्ण हुने विद्यार्थीका लागि छात्रवृत्तिको र इन-स्टेट ट्युसनफीको अवसर प्रदान गरेको जनाइएको छ ।
रोस्किल्ड विश्वविद्यालय, डेनमार्कको नेतृत्वमा र डेनिस स्वतन्त्र अनुसन्धान परिषद्को सहयोगको गोग्रीन अनुसन्धान परियोजनामा गण्डकी विश्वविद्यालयले प्रतिनिधित्व जनाउदै आएको छ । गोग्रीन अनुसन्धान परियोजना विश्वभरका २८ देशका अनुसन्धान साझेदारहरूसँगै गरिने परियोजना हो ।
विश्वविद्यालयले विलियमर मेरीसँग सिमसार संरक्षण र सामुदायिक सशक्तिकरण तथा हिप्सुंग विश्वविद्यालयसँग आइटी व्यावसायिक शिक्षा र यूनिभर्सिटी अफ इस्टर्न फिनल्याण्डसँग प्राकृतिक रेशामा आधारित हस्तकला क्षेत्रको विकासका लागि प्रभावकारी परियोजना साझेदारी गर्ने तयारी गरेको विश्वविद्यालयको अन्तर्रर्ााट्रय सम्बन्ध तथा विकास मामिला शाखाका प्रमुख रवि भण्डारीले जानकारी दिनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker