बन्दिपुरको हिउँदे अधिवेशनबाट ऐन र विधेयक पारित
भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिकाको १२औं गाउँसभा एवं हिउँदे अधिवेशनबाट ऐन र विधेयक पारित गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले पेश गरेको प्रतिवेदन र विधायन समितिका संयोजक बलबहादुर गुरुङले पेश गरेको पर्यटन विकास ऐन २०७९ र जोखिम न्युनीकरण तथा व्यवस्थापन विधेयक २०७९ पारित भएको गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का वडाअध्यक्ष शिव कुमार श्रेष्ठले बताए ।
गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा आयोजित गाउँ सभा एवं हिउँदे अधिवेशनको पहिलो बैठक पौष २८ गतेदेखि सुरु भएको थियो ।
वर्षे अधिवेशनमा छुटेका तथा कार्य सञ्चालनका लागि जारी गर्नुपर्ने कानुन, नियम तथा विधेयक पारित गर्न गाउँपालिकाको गाउँ सभा एवं हिउँदे अधिवेशन गरिएको थियो ।










