दमौली बजारका घर भत्काउन थालियो

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा सडकसिमा भित्र रहेका घर भत्काइदै । घर नभत्काउँदा सडक विस्तार कार्य रोकिएको छ । सडक विस्तार योजना (पूर्वीखण्ड)का अनुसार दमौली बजारका ७४ घर भत्काइनेछन् । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको गेट, दुर्गा मन्दिर लगायतका संरचना पर्दछन् । यसका लागि ४५ जनाले पहिलो किस्ताबापतको रकम बुझिसकेका छन् ।

पूर्वी खण्डको अन्य ठाउँमा सडकभित्रका संरचना हटाएर काम भइरहेपनि सदरमुकाम दमौलीकै संरचना हटाउन ढिलाइ भएको छ । दमौली बजार क्षेत्रमा घर भत्काइसकेपछि सडक फराकिलो बनाउने कामलाई तीब्रता दिइने भएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










