बन्दिपुरका सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिकाले सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । गाउँपालिकाले घरबाट बन्दिपुर अस्पतालसम्म ल्याउन र पुनः घरसम्म पुर्‍याउन निःशुल्क रुपमा एम्बुलेन्स सेवाको व्यवस्था गरेको हो ।

गाउँकार्यपालिका बैठकले गाउँपालिकाभित्रका सुत्केरीलाई बन्दिपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता एवं वडा नं. १ अध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

बन्दिपुर अस्पतालमा उपचार हुन नसकि दमौली अस्पतालसम्म लैजानुपरेको अवस्थामा पनि निःशुल्क रुपमै सेवा दिने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

यस्तै, गाउँपालिकाले विगत १० वर्षता विदेशबाट नेपाल फर्किएर व्यवसाय गरेको वा व्यवसाय गर्न चाहने नागरिकलाई व्यावसायिक अनुदान कार्यक्रम ल्याएको छ । विदेशबाट फर्किएका २५ देखि ४० वर्षभत्र उमेरसम्मका युवालाई बढीमा एक लाख रुपैयाँसम्म अनुदान दिने भएको छ ।

उक्त सेवा लिनका लागि राहदानी, श्रम स्वीकृति, व्यवसाय दर्ता, नागरिकता, फोटो, व्यावसायिक योजना लगायतका कागजपत्र पेस गर्न गाउँपालिका कार्यालयले अनुरोध गरेको छ ।

यस्तै, गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई सरल र सहज बनाएको छ । वडा नं. १ कार्यालयले घरबाट बाहिर निस्कन नसक्ने लाभग्राहीलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । अशक्त, अपाङ्गता तथा हिँड्डुल गर्न नसक्ने नागरिकका आफन्तले वडाबाट सिफारिस लगेपछि बुझेको भत्ता रकम सम्बन्धित व्यक्तिलाई नदिइ खर्च गर्ने गरेको गुनासो आएपछि घरमै पुगेर भत्ता वितरण कार्य थालिएको वडा अध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

मुक्तिनाथ विकास बैक डुम्रे शाखासँग समन्वय गरी हिँड्डुल गर्न नसक्ने नागरिकलाई घरमै पुगेर भत्ता वितरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । वडाभित्र रहेका २३ यस्ता नागरिकलाई चौमासिक १२ हजार रुपैयाँका दरले भत्ता वितरण गरिएको र अन्य व्यक्ति पनि पहिचान गरी सेवा प्रदान गर्न लागेको गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले बताए।

उनले भने, ‘हातमा पैसा पाएपछि आफूलाई मन लागेको कुरा किन्न पाउने भएपछि उनीहरुमा खुसी छाएको छ । राज्यले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता घर आँगनमै जनप्रतिनिधिको रोहोबरमा वितरण गर्ने व्यवस्था मिलाउँदै गएका छौं।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker