भानु नगरपालिकाले डुम्रेस्थित साजबोटमा रहेका सटर भाडामा लगाउने

भञ्ज्याङन्यूज

तनहुँको भानु नगरपालिकाले वडा नं. १ डुम्रे स्थित चुँदीपुलसंगै साजबोटमा रहेको सटरहरु भाडामा लगाउने भएको छ । नगरकार्यपालिकाको गत जेठ २४ गते बसेको बैठकको निर्णयानुसार स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ५९ मा भएको व्यवस्था बमोजिम नगरपालिकाले निर्माण गरेका ती सटर भाडा लगाउने प्रक्रिया अगाडि बढाएको हो ।

वडा नं १ डुम्रे पुल स्थित साजबोटेमा रहेको कृषि उपज संकलन केन्द्र भवनका ७ वटा सटरहरु भाडामा लगाउन शिलबन्दी दरभाउपत्र आव्हान गरिएको भानु नगरपालिकाका प्रमुख प्रशासकीय दिवाकर पौडेलले बताए । नगरपालिकाको आन्तरिक आम्दानीको स्रोत खासै नभएको र जनताको चाहना अनुसारको कार्य गर्न कठिनाई हुने गरेको र बजार विस्तार गर्न तथा पृथ्वीराजमार्गको बिस्तारका क्रममा विस्थापित ब्यापारीहरुलाई समेत लक्षित गरी बोलपत्र आब्हान गरिएको उनले बताए ।

प्रत्येक सटरका लागि कायम भएको न्यूनतम् मुल्यबाट बढाबढमा व्यावसायिक प्रयोजनका लागि शिलबन्दी दरभाउपत्र व्यक्ति, र्फम, कम्पनी वा संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ ।

उक्त सटरमा तरकारी, फलफूल, माछामासु लगायत कृषि तथा पशुपंक्षीजन्य उत्पादन, दैनिक उपभोगका सामान, रेडिमेड कपडा, जुत्ता चप्पल, बिजुलीको सामान, कस्मेटिक, श्रृंगार लगायातका सामानहरुको संकलन, भण्डारण र बिक्री वितरण लगायतका प्रयोजनका लागि उपयोग गर्न पाइने व्यवस्था नगरपालिका गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker