जनता आवास कार्यक्रमबाट तनहुँमा ८३ घर निर्माण

जनता आवास कार्यक्रम अन्तर्गत तनहुँमा २८६ मध्ये ८३ वटा घर निर्माण सम्पन्न भएका छन् । सूचिकृत भएकामध्ये १८० जनाले तेस्रो, १२ जनाले दोस्रो र ११ जनाले पहिलो किस्ता लिएर सम्पर्कविहीन रहेका जिल्लास्थित पूर्वाधार विकास कार्यालय जनाएको छ ।

तेस्रो किस्ता लिएका १८० जनाले घर निर्माण गरेपनि शौचालय निर्माण नगरेका कारण चौथो (अन्तिम किस्ता) भुक्तानी रोकिएको कार्यालय प्रमुख कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन भएकामा हालसम्म रु ६६ हजार पाँच सय मात्र खर्च भएको छ ।

योजनामा रहेका सबै घर सम्पन्न गर्न रु एक करोड नौ लाख बजेट आवश्यक पर्ने देखिएको कार्यालय प्रमुख आचार्यले बताए। उहाँका अनुसार सहरी विकास तथा भवन निर्माणसम्बन्धी चारवटा योजना रहेको छ। तीनवटा निर्माणाधीन अवस्थामा र एउटा ठेक्का प्रक्रियाको चरणमा रहेको छ ।

चालु आवमा तनहुँमा १६ योजना कार्यान्वयनमा आउन सकेका छैनन् । योजनाको नाम फरक परेका, विवाद भएका र बजेट सुनिश्चित नभएका योजना कार्यान्वयनमा नआएका प्रमुख आचार्यले बताए। “सडक योजना आठ र झोलुङ्गे पुल आठवटाको निर्माण रोकिएको छ”, उनले भने, “गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेका २९५ योजनामध्ये ११ वटा योजना सम्पन्न भएका छन् ।”

उनका अनुसार साउनदेखि चैतसम्म नौवटा मोटर मार्गको स्तरोन्नति र दुइवटा गाडी गुड्ने पक्की पुल निर्माण सम्पन्न भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker