व्यास-२ र ३ मा कांग्रेसको प्यानल विजयी

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाको वडा नं. २ र ३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा काशीराम श्रेष्ठ निर्वाचित भएका छन् । वडाध्यक्षमा काशीराम श्रेष्ठले ८०२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मुठा चिन्हका राज कुमार श्रेष्ठले ३९०, कैची चिन्हका दीर्घ बहादुर थापा क्षेत्रीले १८८, हालो चिन्हका मछिन्द्र देवी श्रेष्ठले ५२ मत, घर चिन्हका तिलाराम आले मगरले ३६ र माओवादी केन्द्रका चन्द्रलाल विश्वकर्माले १८ मत प्राप्त गरेका छन् ।

यस्तै, वडा सदस्यमा सुरेश वाग्ले, क्या जगतबहादुर क्षेत्री, महिला सदस्यमा रफत साना मिया र दलित महिला सदस्यमा सविता रसाइली निर्वाचित भएका छन् । व्यास नगरपालिका-३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा अनुप राना विजयी भएका छन् । राना ६५७ मत प्राप्त गरी विजयी भएका हुन् ।

प्रतिस्पर्धी नेकपा एमालेका बलराम श्रेष्ठले २५२ मत प्राप्त गरे । नेकपा एकीकृत समाजवादीका मंगलप्रसाद श्रेष्ठले ८२ मत प्राप्त गरे । वडा सदस्यमा दधिराज घिमिरेले ४६८, शान्तिरमण वाग्लेले ४७४, महिला सदस्यमा विनु श्रेष्ठले ५१९ र दलित महिला सदस्यमा श्रीमाया विकले ५५८ मत प्राप्त गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker