पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा प्रिकाष्ट प्रविधिको पुल राखिदै

पृथ्वीराजमार्गको आँवुखैरेनी-पोखरा खण्ड अहिले स्तरोन्नती कार्य भइरहेको छ । दुइ खण्डमा विभाजन गरी काम भइरहेको यस राजमार्गको पश्चिम खण्ड (जामुने-पोखरा)मा निर्माण गरिने चार वटा पुलमा प्रिकाष्ट प्रविधिबाट पुल राखिने भएको छ ।

सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले यस खण्डको म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो ।

निर्माण कम्पनीले विहीबार तनहुँको म्याग्दे खोला माथि प्रिकाष्ट प्रविधिबाट पुल राख्न सुरु गरेको चाइनिज कन्ट्याक्टरका इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिए । उनका अनुसार निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाइको र हालसम्म २३ प्रतिशत काम भएको छ ।

निर्माण कार्यमा कतिपय ठाउँमा खानेपानी संस्थानका पाइप, विद्युतका पोलहरू आदिका कारणले समस्या पारेको उनले बताए । इन्जिनियर श्रैष्ठले भने, ‘कोभिडका कारण निर्माण कार्य छ महिना प्रभावित भएका कारण नेपाल सरकारले उक्त समयावधि थप्ने र त्यस बाहेक थप पाँच छ महिना भित्रमा सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी कामलाई तीब्रता दिइएको छ ।’

जामुने-पोखरा खण्डमा सर्वसाधारणको आवागमनलाई समेत दृष्टिगत गर्दै बन्न लागेको चार तथा छ लेनको बाटाको आधा भागको निर्माण सन् २०२४ को अन्त्यसम्ममा पूरा गरिने उनले बताए । सडक निर्माण कार्य सन् २०२५ को मध्यदेखि अन्त्य सम्ममा सम्पन्न हुने उनले जानकारी गराए।

यस्तै, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विहीबार निर्माणाधीन मुग्लिन-पोखरा सडक खण्डको स्थलगत अनुगमन गरेका छन् । सञ्चारकर्मी सहित महानगर प्रमुख आचार्यले चिनिया निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणाधीन सडकको अवस्थाका साथै आजदेखि प्रिकाष्ट प्रविधि मार्फत म्याग्दे खोलामा राख्न लागिएको पुल लगायतका विषयमा जानकारी लिइएका थिए ।

पर्यटकसँगै आम सर्वसाधारणलाई आवतजावत सहज बनाउन यथासक्य चाँडो सडक निर्माण गर्नुपर्ने अवस्थाका सम्बन्धमा सम्बद्ध निर्माण कम्पनी एवं सरोकारवाला निकायसँग निरन्तर छलफल गरिरहेको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker