तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

दमौली : तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वीराजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।

सोमबार दिउँसो करिब १२:०५ बजे डुम्रेबाट दमौलीतर्फ सिमेन्ट बोकेर आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा धादिङको सिद्धलेख गाउँपालिका–६ निवासी करिब ३० वर्षीय ट्रक चालक सञ्जीव मगर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकोमा दिउँसो १२:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै, ट्रकका सहचालक सोही स्थानका २२ वर्षीय प्रदीप विक घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट ट्राफिकसहित १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाका कारण पृथ्वीराजमार्गमा यातायात अवरुद्ध नभएको र दुर्घटनाग्रस्त ट्रक घटनास्थलबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker