वालिङ बहुमुखी र आदिकवि भानुभक्त क्याम्पस बीच अन्तरक्रिया

तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस र स्याङजाको वालिङ बहुमुखी क्याम्पस बीच शनिबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । क्याम्पसका सञ्चालक समितिका सदस्य एवं आर्थिक समितिका संयोजक गोपाल सुरखानीको संयोजकत्वमा आयोजित अन्तरक्रिया कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको समग्र चित्रण प्रस्तुत गरेका थिए ।
वालिङ बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेको नेतृत्वमा आएको क्याम्पस सञ्चालक समिति, प्राध्यापक र विद्यार्थीको टोलीबीच दर्ुइ क्याम्पसको विद्यार्थीहरूको भर्नाको अवस्था, कार्यरत प्राध्यापक कर्मचारीको दरबन्दी र पारिश्रमिक, पुस्तकालय तथा अध्ययनका स्रोतहरू, सञ्चालक समितिको गठन, विधान र विनियम, विद्यार्थी शुल्क संरचना आम्दानी र खर्च, क्याम्पसको लक्ष्य, उद्देश्य, नीति नियम लगायतका विषयमा छलफल गरिएको थियो ।










