क्षेत्रीय होटल संघ बन्दीपुरको अध्यक्षमा फुलमती चयन

बन्दीपुर । क्षेत्रीय होटल संघ बन्दीपुर बजार इकाइको सभापतिमा फुलमती थापा सर्वसम्मत चयन भएकी छन् । संघको मंगलबार सम्पन्न १४औं साधारणसभा तथा ७औं अधिबेशनले थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपसभापतिमा सुजन श्रेष्ठ र कोषाध्यक्षमा सन्तोष प्रधान चयन भएका छन् । यस्तै समितिको सदस्यहरूमा शशी रुपाखेती, सरस्वती श्रेष्ठ, लक्ष्मी लामा, अनिल प्रजापती र सुर्य ढकाल चयन भएका छन् ।
बजार इकाईका सभापति संगिता प्रधानको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो । नवनिर्वाचित समितिको पहिलो बैठकले समितिको सचिवमा अनिल प्रजापतिलाई मनोनीत गरेको छ ।










