राजनीतिक दलको सदस्यता त्याग्न तनहुँका शिक्षकलाई ध्यानाकर्षण

शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले राजनीतिक दलको सदस्यता त्याग्न जिल्लास्थित शिक्षकहरुलाई ध्यानाकर्षण गराएको छ । इकाइ प्रमुख उद्धवराज कट्टेलले आइतबार सूचना जारी गरी राजनीतिक दलको सदस्यता लिने, कार्यकारिणी समितिमा रहने, महाधिवेशन प्रतिनिधि हुने जस्ता कार्य नगर्न ध्यानाकर्षण गराएका हुन् । त्यस्ता कार्य गरेको पाइएमा कानून बमोजिम कारबाही हुने उनले उल्लेख गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएका जस्ता विषय उल्लेख गरी मन्त्रालयमा प्राप्त निवेदनहरुका सम्बन्धमा राजनीतिक दलमा संलग्न शिक्षक, कर्मचारीहरुलाई शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ को प्रावधान साथै उच्च अदालत पाटनको परमादेश आदेश बमोजिम शिक्षकलाई राजनीतिक दलको सदस्यता नलिन ध्यानाकर्षण गराइएको छ।

अदालतको आदेश र कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गराउनु भनी विपक्षीहरुका नाममा परमादेशको आदेश जारी भएकाले सामुदायिक विद्यालयमा कार्यरत कुनैपनि शिक्षकले शिक्षा ऐन, २०२८ को दफा १६ ङ को उपदफा -५) को खण्ड (छ) मा रहेको कानूनी व्यवस्था र शिक्षा नियमावली, २०५९ को प्रावधान पालना गर्न अनुरोध गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker