विपन्न परिवारको घरदैलोमा चामलको थैलो बोकेर पुगे वडाध्यक्ष सापकोटा

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-१० का वडाध्यक्ष तुलसीराम सापकोटा वडाका विपन्न समुदायका परिवारको घरदैलोमा खाद्यन्न बोकेर पुगेका छन् । वडाध्यक्ष सापकोटाले आफ्ना वडाका अपाङ्गता भएका विपन्न व्यक्ति, पहिरोबाट विस्थापित भएका परिवार, अतिसिमान्तकृत कुसुण्डा, चेपाङ र बोटे समुदायका घरदैलोमा नै पुगेर खाद्यन्न उपलब्ध गराएका छन् ।

वडाध्यक्ष नै खाद्यन्न बोकेर घरघरमा आइपुग्दा विपन्न समुदाय खुशी भएका छन् । दुःखमा वडाध्यक्षले साथ दिएकोमा निकै खुशी लागेको वडा नं. १० डिहीगाउँकी इन्द्रमाया कुसुण्डाले बताइन् ।

खाद्यान्न वितरण गर्नु अघि वडाध्यक्ष सापकोटा घरदैलोमा नै पुगेर कोभिडले गर्दा दैनिक ज्यालादारीको काम प्रभावित भएको, विपन्नताको कारण पेटभरी खान नपाएका अपाङ्गता भएका व्यक्ति, पहिरोले गर्दा घर विस्थापित भएर समस्या भएको तथ्याङ्क संकलन गरेका थिए ।

वडाले समस्यामा परेकाको तथ्याङ्क संकलनको आधारमा काठमाडौं स्थित राष्ट्रिय एकिकृत विकास संघ निडासँग नेपाल रेडक्रस सोर्साईटी दुम्सीकोट उपशाखाले समन्वय गरी खाद्यान्न वितरण कार्यमा सहयोग गरेका थिए ।

अपाङ्गता भएका व्यक्तिहलाई हिडडुल गर्न समस्या पर्ने भएको घरघरमै खाद्यान्न ढुवानीको व्यवस्था मिलाईएको सबै स्थानमा गाडी नजाने भएकोले वडाध्यक्ष समेत सहभागि घरघरमै खाद्यन्न पुर्‍याइएको नेपाल रेडक्रस सोर्साईटी दुम्सीकोट उपशाखाका सभापति रामदक्त पौडेलले बताए ।

निडासँग सहकार्य गरी ४७ जना अपाङ्गता भएका व्यक्ति बाँकी, सिमान्तकृत समुदाय र पहिरोबाट विस्थापित भएका १४० जनालाई खाद्यान्न वितरण गरिसकिएको उनले बताए ।

निडाले व्यास नगरपालिका-१० का अतिरिक्त वडा नं. ६ को शिसाघाट, वडा नं. ३ को देउराली नगर, ऋषिङ गाउँपालिका-१ को झापुटारका अपाङ्गता भएका ३५ घर परिवारलाई खाद्यन्न उपलब्ध गरेको छ ।

वडाध्यक्ष अभिभावक भएको हुनाले दुःखमा साथ दिनु पर्छ भन्ने ठानेर चामलको भारी बोकेका वडाध्यक्ष सापकोटाले बताए । कसैले धेरै पटक पाउने र कसैले एक पटक पनि नपाउने अवस्था नहोस् भन्नको लागि वडाको सिफरिसको आधारमा खाद्यान्न वितरण गरिएको निडाका अध्यक्ष विजयकुमार कार्कीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker