स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ३५ लाख रुपैयाँ बराबरको जग्गा दान

  • भञ्ज्याङ समाचारदाता (बन्दिपुर)

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि करिब ३३ लाख रुपैयाँ बराबरको जग्गा दान गरिएको छ । वडा नं. १ को पिप्लेमा नेपाल सरकारको एक वडा एक स्वास्थ्य केन्द्र निर्माण कार्यक्रम अन्तरगत स्थानीयले उक्त मूल्यको करिब १३ आना क्षेत्रफलको जग्गा उपलब्ध गराएको वडा अध्यक्ष भानुभक्त पोख्रेलले बताए ।

स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले १२ लाख रुपैयाँ मूल्य बराबरको ४ आना क्षेत्रफलको जग्गा दान गरेका छन् । यस्तै, स्थानीय अम्मर/मदन थापा दाजुभाईले २१ लाख रुपैयाँ मूल्य बराबरको ७ आना क्षेत्रफलको जग्गा उपलब्ध गराएका छन भने नहलसिंह मगरले ६ लाख रुपैयाँ मूल्य बराबरको २ आलना जग्गा उपलब्ध गराएको वडाअध्यक्ष पोख्रेलले बताए ।

निर्माणाधिन इलाका प्रहरी कार्यालयको भवन अनुगमन पश्चात सामुहिक तस्विरमा मन्त्री चुमान सहित अन्य सहभागिहरु । तस्विर : भञ्ज्याङ

उक्त आधारभूत स्वास्थ्य सेवा केन्द्रको शिलान्यास गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सहज रुपमा स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार भएको हुँदा प्रदेश सरकार पनि आधारभूत स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुर्‍याउने अभियानमा लागि परेको बताए ।

स्वास्थ्य सेवा केन्द्रलाई जग्गा दान गर्ने दाताहरुलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गर्दै मन्त्री चुमानले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई आवश्यक जग्गा दान गरी पुण्यको काम गर्नु भएको भन्दै जग्गादाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

इलाका प्रहरी कार्यालयको भवन अनुगमान

त्यस्तै, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बन्दीपुरमा निर्माणाधिन इलाका प्रहरी कार्यालयको भवनका शनिबार अनुगमन गरेका छन् । वि.सं. २०७६ फागुन १७ गते सम्झौता भई २०७७ फागुन १७ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी काभ्रेस्थित ब्राइट मल्टि कन्स्ट्रक्सनले भवन निर्माणको जिम्मा लिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए।

करिब ७६८ रोपनी क्षेत्रफलमा निर्माणाधिन इलाका प्रहरी कार्यालयको भवन ३ करोड ३२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने बताइएको छ । निर्माणाधिन भवनको अवलोकन गर्दै मन्त्री चुमानले प्रदेश सरकारले बन्दीपुरका साथै आँवुखैरेनी र घिरिङमा पनि प्रहरी कार्यालयको भवनका लागि बजेट विनियोजन गरेको बताए । उनले समयमै र गुणस्तरीय भवन निर्माण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिंदै स्रोत साधनमा प्रहरीलाई सुविधासम्पन्न बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । प्रदेशभित्र रहेका प्रहरी कार्यालयका जीर्ण भवन निर्माणलाई प्राथमिकता दिइएको मन्त्री चुमानले बताएका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश सदस्य हेमराज लामिछाने (क्षितिज) लगायतको टेलीले निर्माणाधिन भवनको संयुक्त रुपमा अनुगमन गरेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker