वडा कार्यालय परिसरमा वृक्षारोपण

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाको वडा नं. ५ कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । लक्ष्मी बैंक दमौली शाखाले कार्यालय परिसरमा शुक्रबार आँप र लिचीका बिरुवा रोपण गरेको हो ।

वडाध्यक्ष विष्णु कुमार श्रेष्ठ (हिमाल), लक्ष्मी बैंक दमौली शाखाका शाखा प्रबन्धक सुमन तिम्सिना, ए.आर. एम. केशर थापा, दिवाकर भट्टराइ, टि.यस. वो. सोनुका श्रेष्ठ, उज्वल आचार्य, अनोज थापा लगायत बैंक कर्मचारी, वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि साथै स्थानीयको सहयोगमा दर्जन फलफूलका बिरुवा रोपिएको बताईएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रीन सेभिङ्ग खाता खोल्ने ग्राहकको संख्या अनुसार हरेक वर्षत्यसै अनुरूप वृक्षारोपण गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार विश्व वातावरण दिवसको अवसरमा कार्यक्रम गरेको शाखा प्रबन्धक सुमन तिमिल्सेनाले बताए ।

वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठ (हिमाल)ले धार्मिक मूल्य र मान्यता अनुसार वृक्षारोपण कार्यले पुण्य प्राप्त हुने हुँदा यस्ता कार्यक्रम आगामी दिनमा पनि ल्याउन बैंकलाई सुझाव दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker