नेकपा एमाले तनहुँको दशौ अधिवेशनका लागि लोगो सार्वजनिक

५६९ प्रतिनिधि सहभागि हुने अधिवेशनलाई सर्वसम्मत बनाउने प्रयास

नेकपा एमाले तनहुँले दशैं जिल्ला अधिवेशनका लागि तय गरेको लोगो सार्वजनिक गरेको छ । पार्टीको प्रचार विभागले प्रेस चौतारी नेपाल तनहुँको समन्वयमा विहीबार पत्रकार सम्मेलन गरी लोगो सार्वजनिक गरेको हो ।

तनहुँ जिल्लाको नक्शासंगै व्यास ऋषिको मुर्ति, भानुभक्त आचार्य र एकदेव आलेको तस्विर अंकित लोगो सार्वजनिक गर्दै पार्टीका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज तिलक महतले लोगोले समग्र तनहुँको पहिचान झल्काउने बताए।

‘संगठनलाई सुदृढिकरण गर्ने अभियानमा पार्टी लागेको र कुल मतदाता बराबर ६ प्रतिशत पार्टी सदस्य बनाउने गरी मिसन २०८१ अभियान पार्टीले अगाडि बढाएको छ’, इन्चार्ज महतले भने, ‘नेकपा एमालेले ४० वर्षमुनिका युवालाई पार्टीका विभिन्न कमिटीहरुमा स्थान दिने र पार्टीका हरेक कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको छ।’

२०८१ जेठ मसान्तसम्म सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न गर्ने गरी पार्टी अगाडि बढेको बताउँदै इन्चार्ज महतले गण्डकी प्रदेशका ८ वटा जिल्लाका अधिवेशन सम्पन्न भइसकेका र अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न गर्ने प्रयासमा हामी लागि रहेको बताए ।

यही वैशाख २८ र २९ गते दमौलीमा हुने एमाले तनहुँको दशौ जिल्ला अधिवेशनका लागि सार्वजनिक गरिएको लोगोले समग्र तनहुँको स्थितिलाई इग्गित गर्नुका साथै प्रचारप्रसारमा समेत मद्दत पुग्ने जिल्ला कमिटीका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनले भव्य र सभ्य रुपमा अधिवेशन सम्पन्न गर्ने गरी महाधिवेशन आयोजक कमिटी लागि परेको हुँदा पार्टीको नयाँ नेतृत्व सर्वसम्मत हुनेमा विश्वस्त रहेको अध्यक्ष श्रेष्ठले बताए ।

१०औं अधिवेशनमा कूल ५६९ प्रतिनिधि सहभागी हुने तनहुँका उपसचिव एवं प्रचार विभाग प्रमुख प्रदीपराज अधिकारीले जानकारी दिए । उनका अनुसार अधिवेशनका लागि प्रतिनिधी चयन वैशाख २१ र २२ गते गरिने र जस अन्तर्गत जनवर्गीय संगठनको प्रतिनिधी चयन बैशाख २१ गते हुनेछ भने स्थानीय तहको भुगोल तर्फ वैशाख २२ गते गरिने भएको छ ।

प्रतिनिधि चयन गर्दा प्रत्येक पालिकाको वडालाई निर्वाचन क्षेत्र (भुगोल) मानेर २० वरावर १ जना प्रतिनिधि चयन गरिनेछ भने ५० प्रतिशत थप हुँदा थप १ प्रतिनिधि थपिनेछ। सोही बमोजिम सदस्य थप हुँदै जादा प्रतिनिधीको व्यवस्था ३ हुँदा महिला अनिवार्य र ४ भए पुरुष, ५ भए युवा (४० वर्षमुनिका), ६ हुँदा महिला, ७ हुँदा युवा महिला, ८ भए पुरुष, ९ हुँदा महिला, १० भए युवा, ११ हुँदा पुरुष, १२ हुँदा महिला, १३ हुँदा पुरुष, १४ युवा महिलाको प्रतिनिधीत्व हुनुपर्ने व्यवस्था गरिएको उपसचिव अधिकारीले जानकारी गराए ।

त्यस्तै अधिवेशनमा जनवर्गीय संगठनहरु अनेरास्वीयु, युवासंघ, अनेमसंघ, जिफन्ट, किसान महासंघ, मुक्तिसमाज, आदिवासी जनजाति, उद्योग व्यवसाय, पेशागत, खेलकुद महासंघबाट २ जनाको दरले र प्रेस चौतारी, जनसाँस्कृति महासंघ, वृद्धिजीवि परिषद, स्वास्थ्यकर्मी महासंघ, भुमि अधिकार श्रमिक संघ, भुपु सैनिक प्रहरी संगठन, पेशागत कानुन व्यवसायी संघ, अपाङ्गता संगठन, प्रगतीशिल इन्जिनियरिङ्ग, मानवअधिकार एलाएन्स, इत्तेहाद मुश्लिम संगठन, रिटर्नी फडेरेशनबाट १ जनाको दरले प्रतिनिधि चयन हुनेछन् ।

६ हजार ४६६ जना पार्टी सदस्य रहेको तनहुँको अधिवेशनका लागि आयोजकको रुपमा रहेका जिल्ला कमिटीका १२४ जना, सल्लाहकार १५ जना, मोर्चा संगठनवाट ३२ जना, दलित तर्फबाट ४४ जना, पालिकाबाट १५ र भुगोलबाट ३३० लगायतका क्षेत्रबाट गरी कुल ५६९ प्रतिनिधी सहभागि हुने भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker