तनहुँका चार विद्यार्थीले ल्याए एसइइमा ४ जिपिए

दमौली : तनहुँका चार जना विद्यार्थीले यस वर्षको एसइइमा ४ जिपिए ल्याएका छन् । शुक्रबार सार्वजनिक नतिजा अनुसार जिल्लाका चार विद्यार्थीले ४ जिपिए ल्याएका हुन् ।

व्यास नगरपालिका–५ चापाघाटस्थित शान्तिवर्ष आवासीय माध्यमिक विद्यालयकी छात्रा स्नेहा गिरी, बन्दीपुर गाउँपालिका–१ पिप्लेस्थित पवित्रा माध्यमिक विद्यालयकी छात्रा आयुषा श्रेष्ठ, आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयका छात्र किस्मत पोख्रेल र छात्रा सन्जिना थापाले ४ जिपिए ल्याएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लाभर ६३.९० प्रतिशत विद्यार्थी एसइइमा उत्तीर्ण भएका छन् । परीक्षामा चार हजार८४५ विद्यार्थी सहभागी थिए ।

इकाइका अनुसार तीन हजार ९६ विद्यार्थी उत्तीर्ण भएका छन् भने एक हजार ७४९ अनुत्तिर्ण भएका छन् । इकाइका अनुसार ३.६–४.० जिपिए ल्याउने चार सय दश, ३.२–३.६ जिपिए ल्याउने आठ सय ९५, २.८–३.२ जिपिए ल्याउने एक हजार एक सय ६४, २.४–२.८ जिपिए ल्याउने छ सय दुई र २.०–२.४ जिपिए ल्याउने २५ विद्यार्थी छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker