बन्दिपुरको कार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी

भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिकाको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कार्यपालिका सदस्य चयनका लागि आइतबार भएको निर्वाचनबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।

कार्यपालिका सदस्य चयनका लागि कांग्रेस र माओवादीबीच गठबन्धन गरिएको थियो ।

कार्यपालिका सदस्यमा नेपाली कांग्रेसबाट उमा घर्ती नेपाली, हरिमाया विक, मिनराम परियार निर्वाचित भएका छन् भने नेकपा माओवादी केन्द्रबाट कौशिला परियार विक, दमयन्ती थापा र जीवन भुजेल निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचनमा बन्दिपुरमा गठबन्धन नगरिएपनि कार्यापालिका सदस्य चयनका लागि कांग्रेस र माओवादीले गठबन्धन गरेका छन्। निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker