तनहुँका स्थानीय तहमा नेकपा एमालेको जिम्मेवारी हेरफेर

भञ्ज्याङ समाचारदाता (दमौली)

नेकपा एमाले तनहुँले जिल्लाका १० वटै पालिकाको इन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी हेरफेर गरेको छ । माधव नेपाल पक्षले समानान्तर कमिटी गठनलाई स्थानीय तहसम्म तीव्र पार्न थालेपछि नेकपा एमाले तनहुँको संस्थापन पक्षले पनि आफ्नो गतिविधिलाई सक्रियता दिएको छ ।

जिल्ला पार्टी अध्यक्ष केदार सिग्देलको अध्यक्षतामा दमौलीमा सोमबार बसेको बैठकले १० वटै स्थानीय तहमा नयाँ कमिटी गठन गरिएको छ । पार्टी केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ र गण्डकी कमिटी सदस्य शंकरनारायण श्रेष्ठ सहितका नेताहरु सक्रिय रुपमा समानान्तर कमिटी विस्तारमा लागे पछि संस्थापन पक्षले त्यसको प्रतिवाद थालेको हो । उसले उनीहरु रहेको पदमा अरुलाई नै जिम्मेवारी तोक्न थालेको छ ।

जिल्ला कमिटी तनहुँले दमौलीमा मंगलबार पत्रकार सम्मेलन गरी पार्टी जिल्ला अध्यक्ष केदार सिग्देलले समानान्तर संगठन चलाउनेलाई कारबाही गर्ने चेतावनी दिए । ‘हामीले अहिले कारबाही गरिसकेका छैनौं,’ उनले भने, ‘कतिपयको नाम इच्छाविपरित रहेको सुन्नमा आएको छ। तर जाँचबुझपछि भने कारवाही गछौं । अहिले कसैलाई पनि कारवाही नगरिएको र यथास्थानमा राखिएको छ ।’

यसबीचमा पार्टीले हरेक स्थानीय तहसम्म पुगेर संगठित सदस्यता थप्ने र नवीकरणको अभियान पनि चलाउने घोषणा गरेको छ । पार्टी अध्यक्ष सिग्देलले भने, ‘लामो समयदेखि रोकिएको सदस्यता नवीकरण र वितरण दुबै काम जेठ १५ भित्र शुरु हुन्छ ।’

पार्टीले नौ सदस्यीय कमिटी बनाउँदै त्यसैमार्फत नै नयाँ सदस्यता विस्तार र नवीकरणको निर्णय गर्ने बताएको छ । जसमा अध्यक्ष सिग्देल नै संयोजक छन् । यस्तै, पार्टीले व्यास नगर कमिटीको इञ्चार्जमा प्रदीपराज अधिकारीलाई तोकेको छ । बैठकले नगरको अध्यक्षमा कृष्णप्रसाद न्यौपाने र सचिवमा निर्मल पण्डितलाई तोकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

भानु नगर कमिटीको इन्चार्जमा सीताराम बजगाइ, अध्यक्ष प्रेम राना, सचिव गोविन्द पौडेल, शुक्लागण्डकी नगर कमिटी इन्चार्ज देवलाल खनाल, अध्यक्ष मुक्ति तिमिल्सिना, सचिव रघुनाथ पौडेल, भिमाद नगर कमिटी इन्चार्ज धर्म खनाल, अध्यक्ष इमानबहादुर थापा, सचिव उमाकान्त श्रेष्ठ, देवघाट गाउँ कमिटी इन्चार्ज बाबुराम अधिकारी, अध्यक्ष केशवचन्द्र न्यौपाने, सचिव भीमबहादुर गुरुङ चयन भएका छन् ।

यस्तै, आँबुखैरेनी गाउँ कमिटी इन्चार्ज ऋषि केसी, अध्यक्ष मिना अधिकारी, सचिव दिलबहादुर गुरुङ, बन्दिपुर गाउँ कमिटी इन्चार्ज इन्द्रबहादुर कुँवर, अध्यक्ष सुरेन्द्र थापा, सचिव कुलेन्द्र गौतम, म्याग्दे गाउँ कमिटी इन्चार्ज रत्नादेवी घिमिरे, अध्यक्ष भीमबहादुर विक, सचिव सोमबहादुर आले, घिरिङ गाउँ कमिटी इन्चार्ज होमबहादुर थापा, अध्यक्ष इन्द्रबहादुर थापा, सचिव भुवन विश्वकर्मा, ऋषिङ गाउँ कमिटी इन्चार्जमा हरिराज कँडेल, अध्यक्ष गञ्जसिं गुरुङ, सचिव प्रेम रानाभाटलाई चयन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker