तनहुँको भानुमा पहिरो, डुम्रे–बेशिसहर सडकखण्ड पुर्ण रुपमा अवरुद्ध

सडकमाथीबाट खसेको पहिरोका कारण डुम्रे–बेशिसहर सडकखण्ड अवरुद्ध भएको छ । भानु नगरपालिका–१ स्थित रमाइलो डाँडामा बिहीबार दिउँसो करिव साढे १ बजे सडकमाथिबाट पहिरो खस्दा उक्त खण्ड पुर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सो खण्ड हुँदै यात्रा गर्ने सवारी चालकहरुलाई भन्सार–नारेश्वरटार–सशस्त्र प्रहरी गण हुँदै बाह्र बिसेको बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ ।










