तनहुँको बन्दीपुरमा “हिल्स रेसिडेन्स” बन्ने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा ‘बन्दीपुर हिल्स रेसिडेन्स’ बन्ने भएको छ । नेपाली घर प्रालीले बन्दीपुर-२ मा पहिलो पटक आरामदायी उक्त हाउजिङ बनाउन लागेको हो । पर्यटकीय गन्तव्यका रुपमा चर्चित बन्दीपुरमा आवाससँगै घरबास पनि सञ्चालन गर्न मिल्ने गरी हाउजिङ निर्माण गर्न लागिएको कम्पनीका सञ्चालक आशुतोष प्रधानले जानकारी दिनुभयो ।

नेपाली मौलिकता झल्किने तरिकाले नयाँ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले हाउजिङ परियोजना ल्याइएको कम्पनीले जनाएको छ । बन्दीपुर बजारभन्दा केही टाढा निर्माण गर्न लागिएको हाउजिङ परियोजनाले थ्रीस्टार होटेलसरहको सेवा र सुविधा प्रदान गर्ने लक्ष्य लिइएको छ ।

पर्यटकीय क्षेत्र भएकाले उक्त घर ‘होमस्टे’का रुपमा पनि प्रयोग गर्न सक्नेछन् । उहाँले भन्नुभयो, “कम्पनीले सात रोपनी जमिनमा १० वटा लक्जरियस हाउजिङ बनाउन लागेको हो ।” सम्पूर्ण घर निर्माण गर्दा करिब रु १८ करोड खर्च हुने अनुमान गरेको कम्पनीले त्यहाँका घर चार आना तीन पैसादेखि साँढे १० आनासम्ममा निर्माण गर्ने भएको छ ।

साढे दुइतल्लाको घर निर्माणमा आधुनिक तथा परम्परागत शैली अपनाइने र त्यहाँ अन्य हाउजिङमा जस्तै सबै सेवासुविधा उपलब्ध गराइनेछ । दश वटा हाउजिङमध्ये हालसम्ममा पाँच वटा बिक्री भइसकेको कम्पनीका सञ्चालक आशुतोष प्रधानले बताउनुभयो । हाल उक्त हाउजिङ निर्माणका लागि आवश्यक जग्गा मिलाउने र कित्ताकाटको काम भइरहेको कम्पनीले जनाएको छ ।

एकैपटक सम्पूर्ण घर निर्माण गरी २०८० को वैशाख १ गतेभित्र घरधनीलाई हस्तान्तरण गर्ने योजनामा कम्पनी छ । चार आना तीन पैसामा बन्ने घरको मूल्य रु एक करोड ३० लाख र अधिकतम मूल्य रु एक करोड ८० लाख निर्धारण गरिएको छ । बढीक्षेत्रफलको जमिनमा बन्ने घरको सोहीअनुसार मूल्य तय हुनेे बताइएको छ ।

उक्त घरमा भान्सा कोठा, पूजा कोठा, एटेच बाथरुमसहितका पाँच वटा बेडरुम हुनेछन् । नमूना किचन, डाइनिङ र स्टोरका साथै व्यक्तिगत कम्पाउन्ड पनि बनाइने र हाउजिङभित्र चिल्डूेन पार्क, स्विमिङ पुल र सम्मेलन कक्ष, पार्किङ लगायत सुविधा पनि राखिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker