पत्रकारिता क्षेत्रको विकासमा दृढ छु : पूर्वमन्त्री चुमान
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हरि बहादुर चुमानले आफ्नै कार्यकालमा प्रदेशभरीका सञ्चारमाध्यमलाई टिकाउन गण्डकी प्रदेशमा लोककल्याणकारी बिज्ञापनको व्यवस्था गरेको बताएका छन् ।
प्रेस सेन्टर नेपाल तनहुँ जिल्ला शाखाको बुधबार दमौलीमा आयोजित बार्षिक साधारण सभामा बोल्दै उनले समग्र प्रदेशको पत्रकारिता क्षेत्रको बिकासमा आफू दृढताका साथ लागेको बताए ।
‘प्रदेशमा मेरो कार्यकालमा जति सन्चार क्षेत्रको बिकासमा राम्रै सुधार भएको छ’, उनले भने, ‘प्रेस रजिस्ट्रार स्थापना गर्ने प्रक्रियालाई अघि बढाउँदा कर्मचारीका कारण अबरोध भएकाले गर्न नसकिएको हो ।’ पत्रकारहरु आफ्नो क्षमता विकासमा जोडदिनुपर्ने बताउँदै उनले क्रान्तिकारी पत्रकारहरु थप जुझारु भएर अघि बढ्नु पर्नेमा जोड दिए । नेता चुमानले पत्रकारहरुले आफ्नो लेख रचनामा समेत निखारता ल्याउ सुझाए ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव दीपक श्रेष्ठले प्रेस सेन्टर नेपाल बैचारिक हिसावले सबै सगठन भन्दा अब्बल संगठन रहेको बताए । क्रान्तिकारी भाव, बिचार र दृष्टिकोणले प्रेस सेन्टर नेपाल अहिले नेपालको सबै श्रमजीवी पिछडिएका बर्ग समुदाय, आदिवासी जनजाति, दलित, महिला मुस्लिम लगायका कमजोर पारिएका बर्ग र समुदायको आवाज बुलन्द पार्ने सगठन रहेको दाबी गरे ।
प्रेस सेन्टर तनहुँ शाखाका अध्यक्ष एस.बि. नेपालीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य आशा कोइराला, केन्द्रीय बैकल्पीक सदस्य क्षितिज लामिछाने, गीता शाही, प्रदेश सचिव अतिन्द्रकेशरी न्यौपाने, जिल्ला संयोजक मदन आले, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव माधव पनेरु, तनहुँ शाखाकी सचिव करुण थापा लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।