रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

भरत नेपाली/रोल्पा

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनु भएको छ ।

परिवर्तन गाउँपालिकाको बागमारादेखि दाङको घोराही तर्फ जादै गरेको ना ५ ख २६१२ नम्बरको बस सहिदमार्ग सडक खण्ड अन्तर्गत त्रिवेणी गाउँपालिका ७ तिला नजिकै रिची भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनमा परी ३ जना गम्भीर गाइते भएका छन् । अन्यको अवस्था सामन्य रहेको बताइएको छ । बसमा १८ जना यात्रु सवार थिए ।

घाइतेहरुको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । केही यात्रु बसले च्यापिएको हुँदा ज्यान गुमाउनेको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ । बस सडकबाट करिब १०० मिटर तल खसेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker