घरभित्र कोठामा सुतिरहेका आमा छोरालाई चितुवाले आक्रमण गर्‍यो

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-११ पातीघारीमा घरभित्र कोठामा सुतिरहेका आमा छोरालाई गएराती चितुवाले आक्रमण गरी घाइते बनाएको छ ।

कोठा भित्र चितुवा पसेर आक्रमण गर्दा ४९ वर्षीय दिलमाया गुरुङ र उनका ९ वर्षीय छोरा शंकर गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आइतबार राताी करिब १२ः३० बजेको समयमा घरभित्र कोठामा सुतिरहेको अवस्थामा चितुवाले आमा छोरालाई आक्रमण गरेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

उनले भने, ‘नयाँ बन्दै गरेको आफ्नै घरमा आमाछोरा एउटै कोठामा सुतिरहेका रहेछन् । चितुवा कोठामा छिरेर सुतिरहेको छोरालाई आक्रमण गरेछ । थाहा पाएर लखेट्न खोज्दा आमालाई पनि चितुवाले आक्रमण गरी घाइते बनाएको छ ।’

नयाँ बन्दै गरेकाले घरमा झयाल ढोका राख्न नभ्याएका कारण उनीहरू त्यतिकै कोठामा सुत्दैआएका थिए । छोराको बायाँ कानमाथि टाउँकोमा ४ वटा नग्रा गढेको घाउँ भने आमाको वायाँ हात र हत्केलामा चितुवाले दाँत गाडेको दमौली अस्पतालको इमर्जेन्सी वार्डका अहेव महेन्द्र गौतमले जानकारी गराए ।

आमाछोराको अवस्था सामान्य रहेको र दमौली अस्पतालमा प्राथमिक उपचार गरी घर फर्किएका छन् । पछिल्लो समय तनहुँमा चितुवा आतंक बढ्दै गएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker