तनहुँको व्यास नगरपालिकालले डेङ्गु परीक्षणको शुल्क तोक्यो

दमौली । तनहुँको व्यास नगरपालिकाले डेङ्गु परीक्षणको शुल्क तोकेको छ । नगरपालिकाले डेङ्गु परीक्षणका लागि बढीमा छ सय रुपैयाँ मात्र शुल्क लिन निजी अस्पताललाई निर्देशन दिएको हो। नगरपालिकाले नगरभित्रका सबै निजी अस्पताल, स्वास्थ्य क्लिनिक, निजी प्रयोगशालालाई डेङ्गु परीक्षणका लागि तोकिएको शुल्क भन्दा बढी नलिन भनेको छ ।
प्रादेशिक डेङ्गु रोकथाम तथा नियन्त्रण निर्देशक समिति गण्डकी प्रदेशको गत असार २७ गते बसेको बैठकले सम्पूर्ण प्रयोगशालाका लागि डेङ्गुको दु्रत परीक्षणको शुल्क निर्धारण गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनले भने, “तोकिएको भन्दा बढी शुल्क लिएको पाइए कानुनबमोजिम कारबाही हुनेछ ।”
पछिल्लो समय डेङ्गु संक्रमणको जोखिम बढेकाले नगरपालिकाले सचेत रहन आग्रह गरेको छ । नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि विद्यालयस्तरमा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। गत आर्थिक वर्षमा नगरपालिका डेङ्गुले ग्रस्त भएपछि नगरपालिकाले यसपटक विद्यालयस्तरमा अभिमुखीकरण थालेको हो ।
वर्षायाम सुरु भएसँगै चालु आर्थिक वर्षमा डेङ्गु रोगका संक्रमित देखिन सुरु भइसकेको र समयमै रोकथाम गर्न नसके पुनः महामारी फैलन सक्ने सम्भावना भएको हुँदा डेङ्गु नियन्त्रणका लागि सबै वडाका निजी तथा सामुदायिक विद्यालयमा अभिमुखीकरण गर्न निर्देशन दिइएको सोतीले बताए । स्वास्थ्य शाखाका कर्मचारीले विद्यालयस्तरमा पुगेर विद्यार्थीलाई यस रोगका बारेमा सचेतनामूलक कार्यक्रम गरिरहेका उनले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker