राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा तनहुँका पूर्ण

बन्दीपुर : राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट तनहुँका पूर्ण बिकको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार तनहुँको बन्दीपुरमा सम्पन्न अधिवेशनले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा सन्तोष परियार (कास्की), महिला उपाध्यक्ष लक्ष्मी सुनार (गोरखा), सचिव रामशरण नेपाली (कास्की), कोषाध्यक्ष टोप बहादुर बिक(कास्की) र सहसचिवमा अर्जुन हिताङ्ग (पर्वत) चयन भएका छन् ।
सदस्यहरुमा लक्ष्मण बिक (पर्वत), पूर्णिमा परियार (स्याङ्जा), श्याम शितल परियार (लमजुङ), अमृत बिक (गोरखा), किरण गोतामे (नवलपुर), विमला परियार (म्याग्दी), आदित्य रसाइली (मुस्ताङ) र सरस्वती ल्वागुन (मुस्ताङ) रहेका छन् ।
शनिबार गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले अधिवेशनको उद्घाटन गर्दै समाजमा ब्यप्त सांस्कृतिक असमानता चिर्न पत्रकारले सशक्त भूमिका खेल्नुपर्ने बताएका छन् । उनले सांस्कृतिक रुपमा देखिएको असमानताले सबैभन्दा बढी दलित समुदाय पीडित रहेको भन्दै पत्रकारले पीडितको पक्षमा कलम चलाउनुपर्ने बताए ।
कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker