गाउँमा मोटर गुड्न थालेपछि घाँस र मल बोक्छन् खच्चड

ढोरपाटन : एकदशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालले जोडिएका थिएनन् । टाढा यात्रा गर्दा पैदल नै हिँड्नुपर्ने बाध्यता थियो । सामान भने घोडा खच्चडमा ढुवानी गरिन्थ्यो । टाढाटाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी मानिने खच्चड हिजोआज कामविहीन जस्तै भएका छन् ।
स्थानीयले कामविहीन खच्चडलाई पाल्न पनि चाहँदैनन् । बागलुङको ढोरपाटनका स्थानीयले अहिले पनि खच्चडको प्रयोग गर्दै आएका छन् । भौगोलिक कठिनाइका कारण ढोरपाटन क्षेत्रको धेरै गाउँमा सडक पुग्न सकेको छैन । सडक नपुगेका ठाउँमा घोडा खच्चडबाटै समान ढुवानी गरिन्छ । सडक पुगेका ठाउँका स्थानीय मल र घाँस खच्चडमा ओसारपसार गर्छन् ।
ढोरपाटनसहित बोबाङ, निसेलढोरमा पनि खच्चडमा घाँस र मल बोकाउने प्रचलन बढेको छ । ढोरपाटनमा गाडी आएपछि घोडा र खच्चडको काम घटेको स्थानीय वीरबहादुर सुनारले बताउनुभयो । आफ्नो घर सडकभन्दा धेरैमाथि हुँदा घोडामै यात्रा गर्ने उहाँको भनाइ छ । सबैभन्दा बढी जङ्गलबाट घाँस दाउरा ओसार्न र बारीमा मल पु¥याउन खच्चड प्रयोग हुने गरेको सुनारले बताउनुभयो । गाउँमा सडक नआउँदा पसलका सामान ढुवानी गरेर मासिक रु ४० हजार बढी कमाउने गरेको उहाँले सुनाउनुभयो ।
“हाम्रोपालामा मोटर गाडी चल्दैनथे, बाटो पनि गतिलो थिएन, अहिले जहाँ पनि गाडी चल्छन्, त्यहीँ भएर बजारतिर जानै छाडियो, भएका घोडा बेच्न खोजे पनि कसैले किन्दैनन्, त्यही भएर केही काम त लगाउनुप¥यो भनेर मल र घाँस बोकाउने गरेको छु”, उहाँले भन्नुभयो, “गाउँमा मेरोमात्रै होइन अरु धेरैका घोडा खच्चड छन्, पहिले त घोडा खच्चड हुने मान्छे धनीमानी मानिन्थे, अहिले केही महत्व छैन ।”
गाउँका टोलटोलमै सडक पुगेपछि घोडा, खच्चड पाल्नै गाह्रो भएको निसीखोला गाउँपालिका–५ निसेलढोरका तलकुमार विकले बताउनुभयो । अहिले पाँच घोडा पाल्दै आएको विकले बाउबाजेको पालादेखि नै घरमा घोडा खच्चड पाल्दै आएको हुँदा आफूले पनि त्यसलाई निरन्तरता दिएको जनाउँदै अहिले घाँस र दाना पु¥याउनै गाह्रो पर्ने बताउनुभयो । पहिले सामान ढुवानी गर्ने काम पाउँदा दाना किनेर खुवाउने गरे पनि अहिले घाँससमेत खुवाउन नसक्ने स्थिति आएको विक बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “घाँस खुवाएर पाल्नै गाह्रो छ, उत्पादन केही छैन, त्यही भएर भारी बोक्ने काममा खच्चड लगाउने गरेको छु, टाढा जानुप¥यो भने एउटा घोडा पनि छ, त्यहीमा चढेर जान्छु, हाम्रो बाउबाजेले घोडा पालेर परिवार चलाउथे, अहिले हामीहरुलाई घोडा पाल्न गाह्रो छ ।”
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker