१७औं पुस्तकालय दिवस : दमौलीमा पुस्तकालयको महत्वको चर्चा

दमौली : तनहुँको दमौलीमा १७औं पुस्तकालय दिवस तथा मोतीजयन्तीको अवसरमा शनिबार पुस्तकालयको महत्वको चर्चा परिचर्चा तथा साहित्य वाचन गरिएको छ । एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको आयोजना र गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको सहआयोजनामा पुस्तकालयको दिवसको महत्वका बारेमा चर्चा गरिएको हो ।
कार्यक्रममा प्रगतिशिल लेखक संघका अध्यक्ष एवं प्राज्ञ परिषद् सदस्य प्रा.डा. मधुसुधन गिरीले पढ्ने बानीको विकास गरिएमात्रै पुस्तक र पुस्तकालयको उपयोगिता र महत्व बढ्ने बताए ।
एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानका अध्यक्ष विष्णुभक्त सिग्देलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिष्ठानका संरक्षक पिएल श्रेष्ठ, नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य राजेन्द्रकेशरी न्यौपाने, नेकपा (एमाले) तनहुँका अध्यक्ष हरिराज कंडेल, नेपाली कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनाल, नेकपा (मसाल)का पुष्पलाल श्रेष्ठ, प्रतिष्ठानका सल्लाहकार श्रीराम कार्की लगायतले पुस्तकालय दिवसको महत्वबार चर्चा गरेका थिए ।
यस्तै, कार्यक्रममा ठाडोभाकाका विष्णुभक्त अधिकारी, साहित्यप्रेमी दिवाकर भट्टराई, शान्ता बास्तोला, कल्पना घिमिरे, संगम सापकोटा, शोभासिंह ठकुरी, सञ्जिता पौडेल, गोपाल सुर्खाली, शिव सदाशंकर, कल्पना पौडेल लगायतले साहित्यवाचन गरेका थिए ।
प्रतिष्ठानको पुस्तकालयमा आएर नियमित अध्ययन गर्नेमध्येबाट व्यास नगरपालिका–२ दमौली निवासी विष्णुप्रसाद वाग्लेलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker