व्यास नगरपालिका-६ को वडा कार्यालय भवन शिलान्यास

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-६ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । साविकको गाविस भवनमा सञ्चालन हुँदै आएको वडा कार्यालयको नयाँ भवन निर्माणका मंगलबार भवन शिलान्यास गरिएको हो ।

नगरप्रमुख बैकुण्ठ न्यौपानले मंगलबार भवनको शिलान्यास गर्दै वडा कार्यालयको भवन निर्माणपछि सेवा प्रवाहका लागि सजिलो हुने बताए ।

आगामी असोज महिनाभत्रि भवन निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको वडाध्यक्ष जीवन गुरुङले बताए । ६४ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवन एक तल्लाको र तीन कोठाको हुने वडाध्यक्ष गुरुङले बताए ।

यस्तै, नगरप्रमुख न्यौपानले मंगलबार सोही वडामा २५ लाख रुपैयाँका लागतमा निर्माण सम्पन्न स्वास्थ्यचौकी पनि उद्घाटन गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker