तनहुँका ७०८ जनाले कोभिड विरुद्धको खोप लगाए

  • भञ्ज्याङ समाचारदाता (दमौली)

कोभिड-१९ विरुद्धको खोप तनहुँका ७०८ जनाले लगाएका छन् । खोप अभियानको चौथो दिन शनिबारसम्म जिल्लाका विभिन्न स्थानीय तहका ७०८ जनाले कोभिड विरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । दमौलीमा तीन वटा खोप केन्द्र खडा गरी कोभिड विरुद्धको खोप अभियान सञ्चालन गरिएकोमा शनिबार मात्रै १६० जनाले खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघ १९ गतेसम्म जिल्लाका १ हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप लगाउने लक्ष्य छ ।

तनहुँको व्यास नगरपालिकाका ५५८, म्याग्दे गाउँपालिकाका ८२, ऋषि गाउँपालिकाका ९८, शुक्लागण्डकी नगरपालिकाका २६७, भिमाद नगरपालिकाका १७७, घिरिङ गाउँपालिकाका ६१, भानु नगरपालिकाका १७१, आँवुखैरेनी गाउँपालिकाका ७३, बन्दिपुर गाउँपालिकाका १०५ र देवघाट गाउँपालिकाका ८७ जनालाई खोप लगाइदैछ ।

स्वास्थ्य प्रमुख अधिकारीका अनुसार सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी लगायतलाई यो खोप लगाइदैछ । प्रदेश सरकारले तनहुँलाई १८९ भायल खोप उपलब्ध गराएको थियो ।

यस्तै, गण्डकी प्रदेशमा शनिबारसम्म १० हजार २५५ जनालाई कोभिड विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना विरुद्धको खोप लगाउनेको कुल लक्ष्य १७ हजार ३९६ जना रहेको छ । शनिबारसम्म कुल लक्ष्यका ५८.९५ प्रतिशत प्रगति भएको स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी गराए । शनिबारसम्म कास्कीमा ४ हजार १०४, गोरखामा ७०७, तनहुँमा ७०८, नवलपुरमा ६४५, पर्वतमा ६४५, बागलुङमा ८१८, मनाङमा १३९, मुस्ताङमा १३९, म्याग्दीमा ४९३, लमजुङमा १ हजार ४००, स्याङ्जामा ८६१ जनालाई खोप लगाइएको छ । खोप लगाउनेहरुमा अहिलेसम्म कुनैपनि गम्भिर प्रकृतिको समस्या नदेखिएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker