भानु–५ मा वडास्तरीय कृषि सञ्जाल गठन

भानु : तनहुँको भानु नगरपालिका वडा नं. ५ मा कृषकहरूको हकहित संरक्षण, कृषि क्षेत्रको समग्र विकास तथा कृषकहरूबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले वडास्तरीय कृषि सञ्जाल गठन गरिएको छ । नवगठित सञ्जालको संयोजकमा प्रेम बहादुर शाही चयन भएका छन् ।
त्यसैगरी सहसंयोजकमा लक्ष्मी न्यौपाने, सचिवमा विकास के.सी., सहसचिवमा जमुना खड्का तथा कोषाध्यक्षमा अनिता श्रेष्ठ चयन भएका छन् । समितिका सदस्यहरूमा चन्द्र बहादुर भण्डारी, अमर कुमार थापा, श्याम कुमार श्रेष्ठ, अति कुमार श्रेष्ठ तथा केशव अधिकारी रहेका छन् ।
यसैगरी सञ्जालको सल्लाहकार समितिमा वडा अध्यक्ष नहकुल अधिकारी, समाजसेवी कृष्णभक्त अर्याल तथा समाजसेवी सुरेन्द्र श्रेष्ठ रहेका छन् । नवगठित सञ्जालले कृषकहरूका साझा समस्या समाधान, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार र कृषकहरूबीच सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
स्थानीय कृषकहरूले सञ्जाल गठनले कृषि क्षेत्रमा देखिएका चुनौती समाधान गर्न सहयोग पुग्ने तथा कृषकहरूको आवाज सम्बन्धित निकायसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker