प्रहरी दिवसका अवसरमा तनहुँमा अमर प्रहरीका परिवारलाई सम्मान

प्रहरी दिवसका अवसरमा तनहुँमा अमर प्रहरीका परिवारलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले आज आयोजना गरेको कार्यक्रममा कर्तव्य पालनका क्रममा दिवङ्गत भएका अमर प्रहरीका परिवारलाई सम्मान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सम्मान कार्यक्रममा सहभागी अमर प्रहरीका परिवार भावुक बनेका थिए । सोक्रममा १८ जना अमर प्रहरीका परिवारलाई सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरीहरुलाई प्रहरी उपरीक्षक मैनालीले नगद पुरस्कारले पुरस्कृत गर्नुभयो । प्रहरी दिवसकै अवसरमा आयोजित व्याडमिन्टन प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको छ । ए लेभलतर्फ प्रथम हुन सफल प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना र प्रहरी जवान धनबहादुर गुरुङ, द्वितीय हुन सफल विक्रम रेउले र लालबहादुर थापालाई सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पुरस्कार प्रदान गर्नुभयो ।

बि लेभलतर्फ प्रथम हुन सफल भिमनाथ गौतम र टुकबहादुर चौधरी तथा द्वितीय हुन सफल रामशरण राना र चन्दसिं बस्नेतलाई कालीभञ्जन गण (इ) का प्रमुख सेनानी मनोज गुरुङले पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले शान्तिसुरक्षा कायम र अपराध नियन्त्रणमा प्रहरीको भूमिका उच्च रहँदै आएको बताउनुभयो । उहाँले समुदाय र प्रहरीको सहकार्यले मात्रै विकृति, विसङ्गति अन्त्य गर्न सकिने बताउनुभयो । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गाभक्त अधिकारीले प्रहरीका हरेक काममा समुदायको सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker