भिमादस्थित वानटाङ खोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता

दमौली : निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको जलाशय क्षेत्रअन्तर्गत तनहुँको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ ।

भिमाद–ऋषिङ सडकअन्तर्गत आयोजनाको जलाशयका कारण डुवानमा पर्ने वानटाङ खोलामा करिब १३० मिटर लामो पक्की पुल निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने निर्माण व्यवसायीसँग बुधबार ठेक्का सम्झौता गरिएको हो ।

निर्माण व्यवसायीले नै पुलको डिजाइन र निर्माण गर्ने (डिजाइन एण्ड बिल्ड) गरी सपना निर्माण सेवा (प्रा)लिसँग मूल्य अभिवृद्धि करसहित २३ करोड ७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरण कुमार श्रेष्ठले जानकारी गराए ।

आयोजनाको प्रवर्धक तनहुँ हाइड्रोपावर लि.का तर्फबाट प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठ र सपना निर्माण सेवाका तर्फबाट प्रबन्ध–सञ्चालक हरी प्रसाद ढकालले ठेक्का सम्झौतामा हस्ताक्षर गरेका छन् । ३० महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हाइड्रोपावरका प्रबन्धक श्रेष्ठले जानकारी गराए ।

आयोजनाको विकास साझेदार एसियाली विकास बैंकको खरिद निर्देशिका बमोजिम पुल निर्माणका लागि निर्माण व्यवसायी छनोट गर्न १४ असार २०८१ मा टेण्डर आह्वान गरिएको थियो । पाँचवटा निर्माण व्यवसायीहरुबाट प्रस्ताव पेश भएकामा प्राविधिक बोलपत्रहरुको मूल्याङ्कनमा ५ वटै कम्पनी सारभूत रुपमा प्रभावग्राही भएका थिए ।

त्यसपछि आर्थिक बोलपत्र खोलिएको थियो । आर्थिक बोलपत्रहरुको मूल्याङ्कन पश्चात न्यूनतम मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही सपना निर्माण सेवाको बोलपत्र स्वीकृत गरी ठेक्का सम्झौता गरिएको बताइएको छ ।

वानटाङ सेती नदीको सहायक खोला हो । आयोजनाले व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१ को सीमानामा निर्माण गर्ने १४० मिटर अग्लो बाँधका कारण बन्ने जलाशयका कारण माथिल्लो तटीय क्षेत्रमा पर्ने वानटाङ खोला पनि डुवानमा पर्नेछ । अधिकतम तह समुद्र सतहबाट ४१५ मिटरसम्म बन्ने जलाशयका कारण त्यस भेगका बासिन्दाको आवतजावतमा अवरोध हुनेभएपछि आवागमनलाई सहज बनाउन पक्की पुल निर्माण गर्न लागिएको कम्पनीका प्रबन्ध–सञ्चालक श्रेष्ठले बताए ।

भिमाद बजारबाट ऋषिङपाटनसम्मको सडक कालोपत्रे भइसकेको छ । बीचमा पुल नहुँदा मुख्य रुपमा वर्षायाममा त्यस भेगको आवागमन प्रभावित हुँदै आएको छ । आयोजनाले हाल वर्षायाममा वानटाङ खोला हुँदै गरिने आवतजावतलाई सहज बनाउन अस्थायी कल्भर्ट निर्माण गरिदिएको छ । यसबाट त्यस भेगका बासिन्दा लाभान्वित भएका छन् ।

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत हालसम्म व्यास तथा भिमाद नगरपालिका र ऋषिङ, म्याग्दे तथा बन्दीपुर गाउँपालिका आयोजना प्रभावित वडाहरुमा ६८ योजनाहरु सम्पन्न भएका छन् । ६ वटा योजनाहरु सञ्चालित छन् ।

जीविकोपार्जन पुनस्र्थापना योजनाअन्तर्गत आयोजना प्रभावितहरुको आयआर्जन बृद्धिका मौरीपालन, बाख्रापालन, वित्तीय साक्षरता, व्यवसायिक तरकारी खेती, इलेक्ट्रिसियनलगायतका विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker