तनहुँको आँबुखैरेनी अस्पतालमा अब ६ वटा डायलाइसिस मेसिनबाट सेवा

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकामा थप एक थान डायलाइसिस मेसिन प्राप्त भएसँगै अब ६ वटा मेसिनबाट मिर्गौला रोगका बिरामीलाई हेमोडायलाइसिस सेवा उपलब्ध हुने भएको छ ।

गण्डकी प्रदेश सरकारले गाउँपालिकाले सञ्चालन गरेको आँवुखैरेनी अस्पताललाई थप एक थान डायलाइसिस मेसिन उपलब्ध गराएको हो । नयाँ मेसिन थपिएपछि नियमित हेमोडायलाइसिस आवश्यक पर्ने बिरामीलाई स्थानीयस्तरमै सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले स्थानीय तहको नेतृत्वमा आउँदै गर्दा मिर्गौला रोगका बिरामीले उपचारका लागि चितवन लगायतका अस्पतालमा हजारौँ रुपैयाँ खर्च गरेर धाउनुपर्ने तथा समयमै पालो नपाएर विभिन्न ठाउँमा भौँतारिनुपर्ने अवस्थाको अन्त्य गर्ने आफ्नो अठोट रहेको बताए ।

‘पालिकाको नेतृत्वमा उम्मेदवार बन्दै गर्दा मिर्गौलाका हेमोडायलाइसिस बिरामीले हजारौँ रुपैयाँ खर्च गरेर चितवन लगायतका अस्पताल धाउनुपर्ने, पालो नपाएर चारैतिर भौँतारिनुपर्ने अवस्थाको समाधान गर्ने अठोट थियो। आज त्यो सेवा स्थानीयस्तरमै विस्तार गर्न पाउँदा गौरव महसुस भएको छ’, अध्यक्ष चुमानले भने।

गाउँपालिकामा डायलाइसिस सेवा सञ्चालनलाई आफ्नो कार्यकालको उपलब्धिमूलक कामका रूपमा उल्लेख गर्दै उनले सेवा विस्तारमा सहयोग पु¥याएकोमा गण्डकी प्रदेश सरकारप्रति गाउँपालिकाको तर्फबाट आभार व्यक्त गरे ।

छ वटा मेसिनबाट सेवा सञ्चालन भएपछि नियमित डायलाइसिस आवश्यक पर्ने बिरामीले उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने र स्थानीयस्तरमै थप सहज तथा प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास गरिएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker