अनलाइनबाट सेवा प्रवाह गर्न वडा सचिव र कर्मचारीलाई तालिम 

दुलेगौंडा : स्थानीय सरकारबाट उपलब्ध सेवालाई सहज र प्रविधिमैत्री बनाउने तयारी भइरहेको छ। तनहुँका दशवटै पालिकाले अब अनलाइन बाटनै नेपाली नागरिकताको सिफारिस दिन मिल्ने गरी आवश्यक तयारी थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँले आगामी १६ गतेबाट अनलाइनबाट प्राप्त भएका सिफारिस मात्र स्वीकार गर्ने भएपछि जिल्लाका सबै स्थानीय तहमा कार्यरत वडा सचिव र सहायक कर्मचारीलाई तालिम प्रदान गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकाले मातहतका वडाका सचिव र सहायक कर्मचारीलाई बुधबार अनलाइन मार्फत सिफारिस प्रदान गर्न आवश्यक तालिम प्रदान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँका कम्प्युटर अपरेटर शंकर थापाले सहजिकरण गरेका तालिममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले सरकारले दिने सेवा अब प्रविधिमैत्री बन्नुपर्ने बताए ।
लामगादेले भने, ‘जिप्रकाको यो निर्णयबाट सेवाग्राहीले सरल, सहज र त्रुटिरहित सेवा पाउन मद्दत पुग्ने छ । नागरिकता मा दोहोरोपनको समस्या समाधानमा पनि मद्दत पुग्ने र प्रविधिमैत्री सेवाले दीर्घकालिन सुविधा प्रदान गर्नेछ ।’
तालिममा जिल्ला प्रशासन कार्यालय तनहुँका अधिकृत बिकास श्रेष्ठले कार्यालयको सेवालाई सेवाग्राही मैत्री र समयसापेक्ष बनाउने प्रयास थालेको बताए । उनले प्रविधिमैत्री सेवा विस्तारले भबिष्यमा प्रमाण सुरक्षित गर्न सहयोग पुग्ने दाबी गरे ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker