तनहुँका कृषकलाई पाडीबाच्छी हुर्काउन अनुदान

भञ्ज्याङ न्यूज

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले बाच्छी हुर्काउन रु दश हजार अनुदान प्रदान गर्ने भएको छ । जिल्लामा यस वर्ष एक सय साठी पाडी तथा बाच्छी हुर्काउन प्रोत्साहन अनुदानका लागि बजेट आएको छ ।

कृत्रिम गर्भाधानबाट उच्च नश्ल जातका पाडी तथा बाच्छी एक वर्ष पूरा भएकालाई अनुदान दिइने कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो।

प्रोत्साहन अनुदान कार्यक्रम सुरु भएपछि पाडी तथा बाच्छी हुर्काउन कृषक उत्साहित भएर लागेका छन् । गण्डकी प्रदेश सरकारले रु सोह्र लाख बजेट विनियोजन गरेको छ । उहाँले भन्नुभयो, “कार्यालयले सूचना प्रकाशित गरी कृषकसँग आवेदन माग गरिरहेको छ ।”

कार्यालयले गत आर्थिक वर्षमा एक सय पचास पाडी तथा बाच्छी हुर्काउन रु पन्ध्र लाख बजेट विनियोजन गरेको थियो। जिल्लाको व्यास नगरपालिका र बन्दीपुर पकेट क्षेत्रका रुपमा रहेका छन् । अधिकांश आवेदन पनि सोही पालिकाबाट दिएको उहाँले बताउनुभयो ।

पाडी बाच्छी हुर्काउँदा खर्च बढी लाग्ने र किसानले पाडी बाच्छी हुर्काउन नचाहने भएकाले अनुदान प्रदान गरी हुर्काउन प्रोत्साहन गरिएको उहाँले बताउनुभयो । “यहाँ गाईभैंसी उत्पादनको स्रोत केन्द्र छैन, उच्च नस्लका गाईभैंसी अन्य जिल्ला तथा राष्ट्रबाट ल्याउनुपर्ने बाध्यता छ”, त्यसैले यही उत्पादनका लागि तयारी स्वरूप यो कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो ।

प्रतिपाडी तथा बाच्छी हुर्काउन रु दश हजारका दरले प्रोत्साहन अनुदान प्रदान गरिने उहाँले बताउनुभयो । “कृत्रिम गर्भाधानबाट जन्मिएका पाडी तथा बाच्छी हुर्काउनका लागि मात्रै अनुदानको प्रदान गरिएको छ”, उहाँले भन्नुभयो, “एउटा किसानले पाँचसम्म पाडी बाच्छीलाई अनुदान लिनसक्ने व्यवस्था छ ।”

कृत्रिम गर्भाधान गरिएको कार्ड विज्ञ केन्द्रले नै उपलब्ध गराएको हुन्छ । सोहीअनुरूप कृषकलाई अनुदान उपलब्ध गराउने गरिएको छ ।

पाडी बाच्छी उत्पादनलाई प्रोत्साहन गर्दा जिल्लामा नै स्रोत केन्द्र स्थापना गर्नसक्ने भएकाले अनुदान कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । यस वर्ष व्यास नगरपालिका, बन्दिपुर गाउँपालिका, म्याग्दे नपा र भानु नगरपालिकामा उच्च नस्लका पाडी तथा बाच्छी उत्पादनका लागि कृत्रिम गर्भाधान गराइएको डा श्रेष्ठले बताउनुभयो ।

अन्यत्रबाट उच्च नस्लका माउ गाईभैँसी ल्याउँदा महँगो पर्ने र ढुवानी खर्चसमेत बढी पर्ने हुँदा यही उत्पादन गर्नसकेमा उच्च नस्लका दुधालु गाईभैँसी आयात गर्नुभन्दा निर्यात गर्न सकिने उहाँ बताउनुहुन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker