मिर्गौलापीडितलाई आर्थिक सहयोग

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिका-४ निवासी दुवै मिर्गौलापीडित अब्दुल गफारको उपचारका लागि तनहुँ समाज अष्ट्रेलियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले तनहुँ समाज अष्ट्रेलियाबाट प्राप्त भएको ४१ हजार ५०५ रुपैयाँ गफारको पत्नी सायरा बुनु कोपिलालाई हस्तान्तरण गरेका छन् ।

मिर्गौलापीडितलाई दमौलीका लक्ष्मीभक्त खनाल र व्यास युथ क्लबको अध्यक्ष मीनबहादुर गुरुङको आर्थिक सहयोग रकम संकलनमा भूमिका खेलका थिए । विभिन्न सञ्चारमाध्यमबाट दुवै मिर्गौला प्रत्यारोपणका लागि रकम अभाव भएको थाहा पाएपछि सहयोग गरेको समाजका महासचिव सूर्य खनालले बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker