कक्षा ११ र १२ को नयाँ पाठ्यक्रमलाई सर्वोच्चले दियो वैधता

कक्षा ११ र १२ मा पुरानै पाठ्यक्रमलाई मान्यता अनुसार पठाइयोस् भनेर भागवता अर्याल समेत ७ जनाले दिएको रिटलाई सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको १० नम्बर बेञ्चको संयुक्त इजलासले आज रिट खारेज गर्दै नयाँ पाठयक्रम अनुसार अध्ययन/अध्यापन गर्न/गराउन निर्देशनात्मक आदेश दिएको हो ।

भागवता अर्यालसमेत ७ जनाले पाठ्यक्रम विकास केन्द्रलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतको यो निर्णयले विद्यालय र विद्यार्थीमाथि रहेको अन्योल हटेको छ।

सर्वोच्चमा रिट दायर भएपछि नयाँ पाठयक्रम वा पढने वा पुरानै पाठयक्रम बमोजिम पढने/पढाउने भन्नेमा विद्यार्थी र विद्यालयहरु अन्योलमा थिए । झण्डै तीन दशकपछि कक्षा ११ र १२ मा नयाँ पाठयक्रम अनुसार पढाई हुँदैछ ।

सर्वोच्च अदालतका संञ्चार विज्ञ किशोर पौडेलले न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको इजलासले निर्देशनात्मक आदेश दिएपछि कक्षा ११ र १२ को पाठयक्रम सम्वन्धी अन्योल हटेको बताए । भने, ‘अब नयाँ पाठयक्रम अनुसार पढने/पढाउने बाटो खुलेको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker