तनहुँको मुसेखोलामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

भञ्ज्याङ न्यूज

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको मुसेखोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

राती करिब साढे १२ बजे डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको तनहुँ प्रहरीले जनाएको छ ।

सवारमध्ये ठेगाना नखुलेको अन्दाजी २९ वर्षका ट्रक चालकको मृत्यु भएको छ भने नवलपुर, कावासोतीका १४ वर्षका राजकुमार बिक घाइते भएका छन् । घाइतेको सामान्य अवस्थामा दमौली रत्नहरी अस्पतालमा उपचार भईरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker