१७ भोट खसेपछि ऋषिङमा अधिवेशन स्थगित, भिमादमा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी

भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसको १४औं महाअधिवेशन अन्तरगत गाउँ/नगर अधिवेशन सुरु भएको छ । जिल्लाको १० पालिाका मध्ये शनिबार तीन पालिकाको सहमतिमा र ५ पालिकाको निर्वाचन प्रक्रियाबाट नेतृत्व चयान गरिएको छ । यस्तै, ऋषिङ गाउँपालिका र भिमाद नगरपालिकामा भने विवादका कारण अझै नेतृत्व चयान भएको छैन ।

ऋषिङ गाउँपालिकामा शनिबार भएको अधिवेशनमा १७ भोट खसेपछि स्थागित भएको छ । गाउँ सभापतिको चयनका लागि मतदात सुरु भएपनि विभिन्न वाहान गरी अधिवेशन स्थागित गरिएको जिल्ला सभापति बैकुण्ठ न्यौपानले बताए । उनले भने, ‘हाल नेतृत्वमा रहेकाले आफ्ना खेमाका उमेदवार निर्वाचित हुने सम्भावना कम देखेपछि मतदात रोकेको देखिएको छ ।’

गाउँ सभापति पद दावा गरी भोजराज रानाभाट, तिलबहादुर थापा, दानबहादुर श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। रानाभाट बरिष्ठ नेता रामचन्द्र पौडेल निकट र थापा र श्रेष्ठ केन्द्रीय सदस्य शंकर भण्डारी निकट रहेको बताइएको छ ।

शनिबार साँझ ५ बजेसम्म सहमतिमा नेतृत्व चयन गर्ने समय दिएपनि सहमति हुन नसकेपछि साँझ निर्वाचन प्रक्रिया अगाडि बढाइएको पार्टी कार्यालयले जनाएको छ । मतदान सुरु भएको केही समयमै विवाद सिर्जना हुँदा अधिवेशन स्थागित भएको जिल्ला सचिव बिश्व बास्तोलाले बताए ।

यस्तै, छलफल नै नटुङ्गएिका कारण भिमाद नगरपालिकाको अधिवेशन पनि स्थागित हुन पुगेको सचिव बास्तोलाले बताए । ‘ऋषिङ र भिमादलाई सकेसम्म सहमतिमै नेतृत्व चयान गर्ने प्रयासमा छौं’, उनले भने, ‘सहमतिमा जान नचाहे सोमबार निर्वाचन प्रक्रियाबाट गाउँ/नगर सभापति चयान गर्ने योजना बनाइएको छ ।’

जिल्लाको शुक्लागण्डकी नगर सभापतिमा गोपिबहादुर गुरुङ, देवघाट गाउँ सभापतिमा तीलबहादुर थापा र घिरिङ गाउँ सभापतिमा यमबहादुर थापा र्सवसम्मत चयन भएका छन् ।

त्यस्तै, बन्दिपुर गाउँपालिका, आँवुखैरेनी गाउँपालिका, भानु नगरपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा भने सभापति तथा अन्य पदका लागि निर्वाचन भएको थियो ।

निर्वाचनबाट बन्दिपुर गाउँ सभापतिमा कर्णबहादुर खत्री, आँवुखैरेनी गाउँ नगर सभापतिमा विष्णु पन्त, व्यास नगर सभापतिमा सूर्यचन्द्र हड्खले, म्याग्दे गाउँ सभापतिमा रामभक्त घिमिरे र भानु नगरसभापतिमा रामकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker