म्याग्देका महिलाहरुलाई मकैको खोस्टाबाट सामग्री उत्पादन तालिम

तनहुँको म्याग्दे गाउँपालिकाले महिलालाई मकैको खोस्टाबाट हस्तकला सामग्री उत्पादनका लागि तालिम दिइएको छ । ओम राजश्री मल्टी एग्रो प्रालिको प्राविधिक सहयोगमा गाउँपालिकाले महिलालाई मकैको खोस्टाबाट विभिन्न सामग्री बनाउन सिकाएको हो ।

तालिमबाट महिलाहरुले स्थानीय स्रोत साधनको प्रयोग गरी आकर्ष झोला, टोपी लगायतका सामग्री उत्पादन गर्न सक्ने भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए। खेर जाने मकैको खोस्टालाई प्रयोग गरी सामग्री बनाउने र सामग्री विक्री गरी आम्दानी गर्न सकिने भएकाले महिलालाई सीपमूलक तालिम दिइएको उनको भनाइ छ ।

एक महिनासम्म सञ्चालित तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले महिलालाई उद्यमसँग जोड्न सीपमूलक तालिम दिइएको बताए । उनले भने, ‘हरेक व्यक्ति उद्यमसँग जोडिनुपर्छ । गाउँपालिकाले उद्यम गर्न चाहने सबैलाई माग अनुसारको तालिम दिइरहेको छ ।’ खेर जाने मकैको खोस्टाको सदुपयोग गरी आम्दानी गर्न सक्ने भएकाले महिलाहरु यसतर्फआकर्षित भएको गाउँपालिकाका अधिकृत प्रदीप न्यौपानेले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker