चौथो भिमाद मेयर कप-२०७७ मा वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता (फोटोफिचर)
भञ्ज्याङ न्यूज

तनहुँको भिमाद नगरपालिकामा चौथो भिमाद मेयर कप-२०७७ शुरु भएको छ । नगरपालिकाकाले ‘खेलकुद अनुशासन र राष्ट्रभक्ति-समृद्ध भिमादका लागि स्वास्थ जनशक्ति’ भन्ने नाराका साथ चौथो भिमाद मेयर कप आयोजना गरेको हो ।


नगर खेलकुद विकास समितिको संयोजनामा शुक्रबारदेखि सञ्चालन गरिएको खुल्ला वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आइतबार सम्पन्न गरिदै छ ।


भिमाद स्थित खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख मेखबहादुर थापाले युवाहरुलाई अनुशासित र स्वास्थ बनाउन खेलकुदको महत्वपूर्ण भूमिका हुनेहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताए ।


प्रतियोगिता उद्घाटन समारोहमा नगरपालिकाकी उपप्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत थमनसिं थापा लगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्दै खेल क्षेत्रको विकासका लागि विद्यालय, युवा क्लव तथा विभिन्न संघ संस्थाहरुले पनि सकरात्मक भूमिका खेल्नुपर्ने बताएका थिए ।


प्रतियोगिता उद्घाटन समारोहमा विभिन्न साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

तस्विर सौजन्य : भिमाद नगरपालिका










