गफ्फारद्वारा बुल्दी खोला सरसफाई, नौ झोला फोहर व्यवस्थापन

दमौली । व्यास नगरपालिका-४ बागबजार निवासी युवा अभियान्ता सुदीप गफ्फारले बुधबार बिहान बुल्दी खोला सरसफाई गरेका छन् । बुल्दी-चुँदी खोला सरसफाई अभियानका नेतृत्वकर्ता गफ्फारले बिहानै व्यास नगरपालिका-१ स्थित बुल्दीखोलामा सरसफाई गरेका हुन् ।

त्यसक्रममा नौ झोला फोहर व्यवस्थापन गरिएको छ । बुल्दीखोलामा सुई, प्याड, प्याम्पर लगायत अत्याधिक भेटिएको उनको भनाई छ । उनले भने, ‘यस्ता सामग्रीले खोला दुर्गन्धित बनाउँछ । सबैमा मेरो अनुरोध छ, कृपया बुल्दीखोला स्वच्छ राखौ ।’

गफ्फारकै नेतृत्वमा केही समय पहिला बुल्दी खोलामा सरसफाई गरी धेरै फोहर टिप्नेलाई पुरस्कार प्रदान गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker