मुग्लिङ-पोखरा सडक विस्तार : भत्किने भौतिक संरचनाको सर्भे सुरु

भञ्ज्याङ समाचारदाता/दमौली

मुग्लिङ-पोखरा सडक खण्ड विस्तार आयोजना कार्यलाई तीव्रता दिइएको छ । पृथ्वीराजमार्ग अन्तरगतको यो खण्डलाई ४ लेनको बनाउन सडक सिमाभित्र पर्ने रुख काट्ने, सडक चक्ल्याने र भत्किने संरचनाको सर्भे गर्ने कार्यलाई तीव्रता दिइएको छ । गण्डकी प्रदेशको ‘लाइफलाईन’ रहेको मुग्लिङ-पोखरा सडक विस्तारको काम दुइ खण्डमा छुट्याएर सुरु गरिएको छ ।

सडक विभाग आयोजना निर्देशनालय (एडीबी)ले पहिलो चरणमा मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गतको आँबुखैरेनी-पोखरा खण्ड निर्माण प्रक्रिया अघि बढाएको छ । यस अन्तर्गत आँबुखैरेनी-जामुने पूर्वी खण्ड र जामुने-पोखरा पश्चिम खण्डले सडक विस्तारको कामलाई धमाधम अगाडि बढाएको छ।

सडक विस्तार कार्य अन्तर्गतको सडक सिमा भित्रका रुखहरु काट्न, सडक चक्लाउने काम भैरहेको पूर्वी खण्डका प्रमुख नगेन्द्र सुवेदीले बताए । उनले भने, ‘यस अन्तरगत आँबुखैरेनीबाट करिव ५ किलोमिटर सडक चक्लाएर सकिएको छ । सडक सिमा भित्रका रुखहरु पनि काट्ने काम भैरहेको छ ।’

‘सडक विस्तारको क्रममा सडक सिमा भित्र पर्ने व्यक्तिगत तथा अन्य घर, टहरा, पाटीपौवा लगायतका संरचनाको तत्थांक संकलनका लािग सर्भे भइरहेको छ’, उनले भने, ‘आँबुखैरेनीेदेखि करिव १२ किमिको क्षेत्रमा सर्भे हुँदा १५७ वटा भौतिक संरचनाको तत्थांक निस्किएको र यी संरचना भत्काउँदा करिव २ करोड २५ लाख रुपैयाँ बराबरको क्षतिपुर्ति व्यहोर्नुपर्ने देखिएको छ ।’

पृथ्वी राजमार्ग अन्तर्गत पुर्वी खण्डमा सडक विस्तारका लागि राइट टु वेमा पर्ने तनहुँको आँबुखैरेनी र बन्दिपुर गाउँपालिका खण्डमा रुखहरु पनिकाट्न थालिएको उनले बताए । यस्तै, पश्चिम सडकखण्डमा पनि सडक विस्ताको कामलाई पनि तीव्रता दिइएको छ । जामुने-कोत्रे करिव २० किलोमिटरसम्म १ हजार २ सय वटा रुख काटिएको पश्चिम सडकखण्डका प्रमुख अमित श्रेष्ठले बताए ।

यो सडक विस्तारका लागि तनहुँको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका खण्डमा रुखहरु काटिएको छ । उनले भने, ‘कास्कि क्षेत्रको काम पनि विस्तारै अगाडि बढाउने तयारीमा छौं ।’ ‘सडक विस्ताको लागि पूर्वतयारी भैरहेको छ’, उनले भने, ‘सडकसिमाभित्र पर्ने खानेपानीका पाइप, रुख, बिजुलीका पोल हटाउने काम पनि भैरहेको छ । जामुनेदेखि थर्पुसम्म सडक विस्तारका क्रममा भत्किने भौतिक संरचनाको सर्भे गरिसकिएको र अन्य क्षेत्रको सर्भे भैरहेको छ ।’

पृथ्वीराजमार्गको करिब ७२ किलोमिटर सडक खण्ड तनहुँमा पर्दछ । यस खण्डभित्र आँवुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, घाँसीकुवा, तालघारे, दमौली, चापाघाट, जामुने, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रे लगायत सानाठूला बजार क्षेत्रहरु पर्दछन् । यी बजारहरु मध्ये बढि मात्रमा आँवुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, दमौली लगायतका बजार क्षेत्र प्रभावित हुने छन् । हालसम्मको अध्ययन अनुसार तनहुँका करिव ५ सय घरटहरा लगायतका भौतिक संरचनामा क्षति पुग्ने अुनमान गरिएको छ ।

मुग्लिन-पोखरा सडक अन्तर्गतको पश्चिम खण्ड जामुने-पोखरा सडक निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड र पूर्व खण्ड आँबुखैरनी-जामुने सडक निर्माणको जिम्मा अर्को चिनियाँ कम्पनी कम्युनिकेशन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पाएको छ ।

राष्ट्रिय राजमार्गहरुको स्तरोन्नति र विस्तार गर्ने कार्यक्रम अन्तरगत साविक दुइ लेनमा रहेको मुग्लिन-पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गरिने क्रममा तनहुँ क्षेत्रमा करिव ६ हजार ७५० रुख काटिने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । यस्तै, सडक बिस्तारकै क्रममा कास्की खण्डमा एक हजार २५० वटा रुख कटान हुने बताइएको छ । खयर, सिसाउ, कटुस, कटर, कपुर, चिलाउने, सिफल लगायतका प्रजातिको रुख काटिने भएका छन् ।

मुग्लिन-पोखराको दूरी करिब ८८ किमि छ । जसमा आँबुखैरेनी-पोखराको लम्बाइ ८० किमि छ । निर्देशनालयले आँबुखैरेनी-पोखरा सडकलाई दुइ खण्डमा विभाजन गरेको छ । आँबुखैरेनी-जामुने (४१ कि.मि) पूर्वी खण्ड र जामुने-पोखरा (३९ कि.मि) पश्चिम खण्ड रहेको छ । आँबुखैरेनीदेखि मुग्लिन खण्डको ८ किलोमिटर दूरीको भने डिजाइन हुँदैछ । यो खण्डमा मर्स्याङ्दी जलविद्युत गृह रहेकोले सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखांकन नै परिवर्तन गर्नुपरेको आयोजनाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker