सामुदायिक विद्यालयका शिक्षकलाई आयुर्वेद र योग शिक्षा

भञ्ज्याङ न्युज

तनहुँको शुक्लागण्डकी नगरपलिकाका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई आयुर्वेद र योग शिक्षाबारे प्रशिक्षण गरिएको छ । शुक्लागण्डकी नगरपालिका आयुर्वेद शाखाको आयोजनामा यहाँका माध्यमिक तहसम्म पढाइ हुने विद्यालयका शिक्षकलाई शनिबार प्रशिक्षण दिइएको हो ।

शुक्लागण्डकीमा माध्यमिक तहसम्म पढाइ हुने १६ विद्यालय छन् । प्रत्येक विद्यालयका २ जना शिक्षकलाई बोलाएर प्रशिक्षण दिइएको थियो । सो अवसरमा बोल्दै डा. रामकृष्ण भुजेलले सिकेको ज्ञान विद्यार्थी समक्ष दान गर्न अनुरोध गरे । उनले विद्यालयले विद्यार्थीलाई स्थानीय स्तरमा पाईने जडीबुटी चिनाउन सकेमा मात्र पनि संरक्षण हुने बताउदैं शिक्षकहरु हजारौँ विद्यार्थीसंग जोडिने भएकाले आयुर्वेद र योग शिक्षाबारे बुझाउनुपर्ने बताए ।

नगरपालिकाका शिक्षा शाखाका अधिकृत ज्योत्रि्रकाश तिम्लसिनाले शिक्षकले सिकेको सिकाइले विद्यार्थीमा लाभ पुगे सार्थकता पाउने बताए ।

कार्यक्रममा दिवस मावि उदेनढुंगाका साहयक प्रधानध्यापक डिल्लिराम घिमिरेले विद्यालय तहको पाठ्यक्रममा आयुर्वेद र योग शिक्षा समावेश गर्नुपर्ने आवश्यकता रहेको जोड दिए ।

तालबेसी मावि घारी तालबेसीकी शिक्षिका गोमादेवी शर्माले परापुर्व कालदेखि नेपाल तपोभुमीका ऋषिमुनीहरुले प्रतिपादन गरेको सिद्धान्तलाई अहिले अन्तर्राष्ट्रिय जगतले मान्यता दिन थालेको चर्चा गरिन ।

त्यस्तै, डा. रामकृष्ण भुजेलले आयुर्वेदको महत्व, रविचन्द्र लामीछानेले स्थानियस्तरमा पाइने आयुर्वेदिक गुण भएका जडीबुटी, सेवन गर्ने तरिका र शुक्लागण्डकी नगरपालिकाका आयुर्वेदिक शाखाका प्रमुख गोपालप्रसाद श्रेष्ठले योगको बिषयमा सहजीकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker