तनहुँको आँबुखैरेनी -४ स्थित बेनीटारबाट ब्राउन सुगर सहित एक पक्राउ

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित बेनीटारबाट ब्राउन सुगर सहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पर्सागढी-९ बस्ने १९ वर्षीय राहुल पासवान रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग२ख ००९८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई २९ ग्राम सात सय १० मिलीग्राम ब्राउन सुगर (खैरो हिरोइन) सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । उनले भने, “निजले लगाएको पाइन्टको दाहिने गोजीभित्र पोलिथिनमा लुकाइ छिपाइ राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ ।”

इलाका प्रहरी कार्यालय आँबुखैरेनी र अस्थायी प्रहरी पोष्ट पुलजीपबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो। पक्राउ परेका विरुद्ध अनुसन्धान भइरहेको खाँणले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker