शुक्लागण्डकीलाई बालमैत्री पालिका बनाउने प्रतिवद्धता
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका बालमैत्री पालिका बनाउने प्रतिवद्धता गरिएको छ । नगरपालिकाले जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, सामाजिक व्यक्तित्व, शिक्षक, विद्यार्थी र विद्यालय सञ्चालनकका प्रतिनिधी सहित सरोकार वालाहरुलाई दुईदिने प्रशिक्षण कार्यक्रम गरी शनिबार पालिकालाई बालमैत्री बनाउने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो ।
नगर प्रमुख कृष्णराज पण्डित सहित नेपाली काँग्रेस शुक्लागण्डकीका उपसभापति कृष्णप्रसाद रेग्मी, नेकपा एमाले शुक्लागण्डकीका उपाध्यक्ष लोकनारायण श्रेष्ठ, नेकपा माओबादी केन्द्र शुक्लागण्डकीका वरिष्ठ उपाध्यक्ष रामचन्द्र भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका यज्ञबहादुर महत, नेकपा एकीकृत समाजबादी पार्टी शुक्लागण्डकीका अध्यक्ष रामबहादुर थापा, शुक्लागण्डकी बाल सञ्जालका अध्यक्ष निश्चल गौतम लगायतले बालमैत्री शासन भएको नगर बनाउन प्रतिवद्धता जनाएका हुन् ।

नगरपालिकामा बालमैत्री शासन घोषणा गर्ने तयारीका लागि हालसम्म २५ बढी सुचकहरुसँग सम्वन्धित कार्यक्रम सञ्चालन भईरहेका छन् भने बाँकी सुचकहरु पुरा गर्न कार्यक्रम सञ्चालन गर्ने तयारी भईरहेको बताइएको छ ।
बालमैत्री स्थानीय तह घोषणाका लागि सरकारले तय गरेको ५१ सुचक पुरा गर्नुपर्ने सामाजिक विकास शाखा प्रमुख युवराज पौडेलले बताए ।










