प्रवर्द्धन र संरक्षणको पर्खाइमा ठूलोढुंगा

तनहुँको भानु नगरपालिका–१३ मिर्लुङ ठूलोढुंगाको सिद्धथान । यहाँको ठूलोढुंगामा विभिन्न प्रजातिका अग्लारुख रहेका छन् भने ढुंगाभित्रको ओडारमा सिद्धाथानको मन्दिर रहेको छ । ऐतिहासिक र धार्मिक पृष्ठभूमि बोकेको यो स्थान प्रवर्द्धन र संरक्षणको अभावमा खण्डहरु बन्दै जान थालेको छ । आकर्षक पर्यटकीय गन्तव्यको सम्भावना बोकेको यस ठूलोढुंगा क्षेत्रको प्रवर्द्धन र संरक्षणमा स्थानीयले केही पहल गरेपनि त्यो प्रयाप्त हुन सकेको छैन । तस्विर : भञ्ज्याङ










